जुलाईमा ७१ हजार ७७५ जना पर्यटक भित्रिए

२०८३ श्रावण १९ गते, मंगलवार

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २.२५ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोभिडपूर्वको अवस्था अर्थात् सन् २०१९ को जुलाईसँग तुलना गर्दा भने यो संख्या ४.१५ प्रतिशतले कम हो । सन् २०१९ को जुलाईमा ७४ हजार ८८३ जना पर्यटक नेपाल आएका थिए । यसरी हेर्दा जुलाई महिनाको पर्यटक आगमन कोभिडपूर्व अवस्थाको ९५.८५ प्रतिशतमा पुगेको छ ।
पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो । गत वर्षको सोही महिनाको २७ हजार १५२ को तुलनामा भारतीय पर्यटक आगमनमा भने १३.४९ प्रतिशतले गिरावट आएको छ ।
जुलाईमा चीनबाट आउने पर्यटकको संख्या भने उल्लेख्य रूपमा बढेको छ । जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १५.४६ प्रतिशत हो । यो अघिल्लो वर्षको जुलाईमा आएका ६ हजार ८९० जनाको तुलनामा ६१.०९ प्रतिशतले बढी हो ।
सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए, जसका आधारमा चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा समेत ८.६५ प्रतिशत माथि पुगेको छ । तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन् । जुन गत वर्षको ६ हजार ६२६ को तुलनामा १७.०२ प्रतिशत बढी हो । यस्तै, बंगलादेशबाट ४ हजार १७९ (गत वर्षको तुलनामा ५.३ प्रतिशत कम), बेलायतबाट ३ हजार ७७३ (६.३७ प्रतिशत वृद्धि) र अस्ट्रेलियाबाट २ हजार ४२८ (४५.८३ प्रतिशत वृद्धि) जना पर्यटक नेपाल आएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुक (सार्क) बाट आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । जुलाईमा सार्क मुलुकबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको ४१.४६ प्रतिशत हो । तर यो संख्या अघिल्लो वर्षको ३३ हजार ७८७ को तुलनामा ११.९३ प्रतिशतले कम छ ।
सार्क मुलुकमध्ये भारतपछि भुटानबाट ९९१ जना (१५.०८ प्रतिशत कमी), पाकिस्तानबाट ४७५ जना (३.९४ प्रतिशत वृद्धि), श्रीलंकाबाट ५८१ जना (२.८४ प्रतिशत कमी), बंगलादेशबाट ४ हजार १७९ जना, माल्दिभ्सबाट ३९ जना र अफगानिस्तानबाट ११ जना पर्यटक नेपाल आएका छन् ।दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २४.२८ प्रतिशत हो । अघिल्लो वर्षको जुलाईमा यी मुलुकबाट १३ हजार ५२ जना पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए । यसका आधारमा यस समूहमा ३३.५ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ । यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, म्यानमारबाट ४३७, सिंगापुरबाट ४३७, थाइल्यान्डबाट ४२८, फिलिपिन्सबाट ४०९, इन्डोनेसियाबाट १३३ र कम्बोडियाबाट २२ जना पर्यटक नेपाल भित्रिएका छन् ।
युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९३ प्रतिशत हो । गत वर्षको जुलाईसँग लगभग उस्तै (०.१४ प्रतिशतमात्र कमी) हो । युरोपियन मुलुकमध्ये बेलायतबाट ३ हजार ७७३ जना सबैभन्दा बढी आएका छन् भने जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९, रूसबाट ४६७, बेल्जियमबाट ४३१, इटलीबाट ३८५, स्विट्जरल्यान्डबाट २३९, अस्ट्रियाबाट १११, आयरल्यान्डबाट १३१, डेनमार्कबाट ११०, नर्वेबाट १०९, स्वीडेनबाट १०९, युक्रेनबाट ११९, पोल्यान्डबाट ८९, चेक गणतन्त्रबाट ८३ र फिनल्यान्डबाट ७२ जना पर्यटक आएका छन् ।
अमेरिकी महादेशका मुलुकबाट जुलाईमा ८ हजार ८२५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन कुल आगमनको १२.३ प्रतिशत हो र गत वर्षको तुलनामा १३.४३ प्रतिशत बढी हो । यसमा अमेरिकाबाट ७ हजार ७५४, क्यानाडाबाट ९२८, ब्राजिलबाट ७८ र मेक्सिकोबाट ६५ जना पर्यटक समावेश छन् । ओसियानियाबाट जुलाईमा २ हजार ६०७ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको १ हजार ८०७ को तुलनामा ४४.२७ प्रतिशतले बढी हो । यसमा अस्ट्रेलियाबाट २ हजार ४२८ र न्युजिल्यान्डबाट १७९ जना पर्यटक समावेश छन् ।
मध्यपूर्वबाट जुलाईमा ७३६ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको ८२८ को तुलनामा ११.११ प्रतिशत कम हो । यसमा टर्कीबाट ३६६, इजरायलबाट ११८, कुवेतबाट ७८, साउदी अरेबियाबाट ७७, ओमानबाट २७, यूएईबाट ५८ र कतारबाट १२ जना पर्यटक समावेश छन् । अफ्रिकी मुलुकबाट जुलाईमा ३२४ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको ३१८ भन्दा १.८९ प्रतिशत बढी हो । यसमा इजिप्टबाट १३५, मोरक्कोबाट ९५ र दक्षिण अफ्रिकाबाट ९४ जना पर्यटक समावेश छन् । यीबाहेक अन्य मुलुकबाट २ हजार ८२५ जना पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको ३.९४ प्रतिशत हो ।

प्रतिक्रियाहरु

[anycomment]