इरानी ड्रोन आक्रमणबाट कुवेतस्थित अमेरिकी ६ सैनिकको निधन

२०८२ फाल्गुन २१ गते, बिहीबार


काठमाडौँ । कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ। उक्त भवन मुख्य आर्मी बेसभन्दा टाढा, बन्दरगाहको व्यस्त क्षेत्रमा रहेको थियो। सैनिकहरूको परिवारका अनुसार भवन कन्टेनर शैलीको थियो र त्यहाँ पर्याप्त सुरक्षा व्यवस्था थिएन । आक्रमण भएको स्थान वरिपरि तेल ट्याङ्क, रिफाइनरी र पावर प्लान्ट रहेको बताइएको छ ।पेन्टागनका अनुसार आक्रमण ड्रोनबाट भएको हो र अमेरिकी रक्षा सचिवले एयर डिफेन्सले सम्पूर्ण सुरक्षा गर्न नसकेको बताए ।
यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा प्रतिकारात्मक हवाई आक्रमण गरेको छ। यस घटनाले अमेरिकी सेनाको सुरक्षाबारे चिन्ता बढाएको छ।

प्रतिक्रियाहरु

[anycomment]