सहिद स्मृतिग्रन्थ ‘राष्ट्र‌का लागि बलिदान’ प्रकाशित

२०८० चैत्र ३ गते, शनिबार


काठमाडौँ । एकीकृत जनक्रान्ति कार्यदिशा लागू गर्ने क्रममा जीवन बलिदान गरेका १५ जना सहिदहरुको व्यक्तित्व र कृतित्व झल्कने कृति ‘राष्ट्र‌का लागि बलिदान’ प्रकाशित भएको छ । जसमा नेकपाका महासचिव विप्लव सीको शुभकामना मन्तव्य र प्रवक्ता प्रकाण्ड सीको लेख रहेको छ भने कृतिको सम्पादन तथा संयोजन अनिल सीले गरेका छन् ।
सहिदहरु वीरजङ्‌ग, कुमार पौडेल, गोकुल राना (महान्) र दीपेन्द्र वि.सी. का दूर्लभ रचनाहरू रहेको कृतिमा अनिल सी, खेम थपलिया, अग्नीराज पौडेल, सुरेन्द्र महर्जन र सुमनसिंहका संस्मरणात्मक आलेखहरु रहेका छन् ।
१४६ पृष्ठको कृति ३ खण्डमा विभक्त गरिएको छ। जसमा जीवनी खण्डमा बसन्त श्रेष्ठ, प्रकाश हुम्रे, सविन सी, त्रिलोचन सी, भगतसिंह डबल, भरत मल्ल, योद्धा सी, विराट सी, विवेक सी, फिल्टर सी, माइला लामा, बलवान सी र इन्द्र श्रेष्ठद्वारा लिखित जीवनीहरु छन् । दोस्रो खण्डमा सृजना खण्ड र तेस्रो खण्ड तस्बिर खण्ड रहेको छ।
कृतिको भित्री सज्जा र टङ्‌‌कन रामारोशन छापाखाना, बागबजार र आवरण सज्जा अग्नीराज पौडेल ‘आराप’ले गरेका हुन । आवरण तस्बिर भने झापा, बिर्तामोड चौबाटोमा रहेको वा मुक्तिचोकमा रहेको स्मारकलाई मूलभाव यथावत् रहनेगरी प्रयोग गरिएको हो । जसको प्रकाशक जनप्रचार तथा प्रकाशन प्रा.लि. रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]