अखिल समाजवादी नारायणी-मधेस प्रदेशद्वारा सङ्गठन निर्माण र विस्तार अभियान सुरु

२०८१ असार ११ गते, मंगलवार


काठमाडौँ । अखिल समाजवादी नारायणी-मधेस प्रदेशले सङ्गठन निर्माण र विस्तार अभियान अगाडि बढाएको छ । विद्यार्थीलाई कलेजदेखि होस्टेलसम्म पुगेर भेट्ने अभियान सुरु गरेको अखिल समाजवादिले मंगलबार बाराको कलैया स्थित प्रसौनी प्राविधिक शिक्षालयमा सङ्गठन निर्माण गरेको छ ।
अखिलसमाजवादीका केन्द्रीय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सी, सह-इन्चार्ज लोकेश सी, नेकपा पर्सा र बारा जिल्ला सेक्रेटरी फिरोज सी र दिल सी लगायत कार्यक्रममा सहभागी थिए । उक्त कार्यक्रममा प्रसौनी प्राविधिक शिक्षालयका विद्यार्थीहरूसँग छलफल गर्दै लखन चौहानको संयोजकत्वमा ९ सदस्यीय क्याम्पस समिति निर्माण गर्नुका साथै इलेक्टि्रकल इन्जिनियरिङ अध्ययन हुने उक्त क्याम्पसमा विभिन्न समस्याहरु देखा परेको भन्दै उक्त समस्या हल गर्नको निमित्त आज नै संघर्ष समितिसमेत निर्माण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार