भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी

२०८२ बैशाख १३ गते, शनिबार


काठमाडौँ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको अस्पतालले जनाएको छ । अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले बताए ।
‘अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएकाले तीन करोडभन्दा बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन् ।’
क्षतिको विवरण संकलन भइरहेकाले आइतबारसम्म मात्रै क्षतिको यकिन विवरण उपलब्ध गराउन सकिने डा. सुवेदीले बताए ।

यता, शनिबार बिहान अछाम साँफेबगर नगरपालिका ३ स्थित हाटबजारबाट भएको आगलागीमा करिब चार करोडको क्षति भएको छ ।
बिहान करिब ३ः४५ बजे प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मम सेन्टरबाट बिजुलीको तार सट भई सुरु भएको आगलागीमा परी १० वटा पसल नष्ट भएको थियो ।
प्रारम्भिक विवरणअनुसार ३ करोड ८६ लाख ६५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । आगलागीमा मानवीय क्षति भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयको सहयोगमा ६ः०५ बजे आगलागी पूर्ण नियन्त्रणमा आएको थियो ।

यसबीच आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानवीय सहायतास्वरुप १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार