‘द भ्वाइस किड्स’को चौथो सिजन शुरू हुँदै

२०८२ जेष्ठ ३१ गते, शुक्रबार


काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजन आजदेखि शुरु हुँदैछ। ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजन हिमालय टेलिभिजन एजडीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे यो शो आउने छ। यो सिजनमा सत्यराज आचार्य र खेम सेन्चुरी नयाँ कोचका रूपमा भित्रिएका छन्। मिलन नेवार र मेलिना राईलाई कोचका रुपमा निरन्तरता दिइएको छ। द भ्वाइस किड्सले ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई गायनको मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ।
यो सिजनले बालबालिकाको प्रतिभालाई मात्र नभइ उनीहरूको भावनालाई पनि उजागर गर्ने र बालबालिकाको भावना र सपनालाई मञ्चमा ल्याउन द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
डिजिटल अडिशनमा सहभागी पाँच हजार प्रतिस्पर्धीमध्ये ८० जना ब्लाइन्ड अडिसनमा सहभागी भएका छन्। ​ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिन्छन्। त्यसबाट लाइभका लागि २४ जना अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुग्ने निर्देशक पौडेलले बताए। ८ जना मध्येबाट विजेता छानिनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार