कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार


काठमाडौँ । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको शुक्रबार निधन भएको हो ।
स्तन क्यान्सर रोगबाट केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको बताईएको हो । दसैंदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो।
एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो। त्यसयता उनी काठमाडौंको कपन बालुवाखानीस्थित घरमै थिइन्। कलाकारितामा लामो समय बिताएकी श्रेष्ठले ‘जिरे खुर्सानी’ ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार