काम खुलाई दे

रचना / सङ्गीत : चिरन सी
श्रमगरी खानलाई, काम खुलाई दे
बिदेश जाने युवालाई, यतै भुलाई दे
ए सरकार !
सुत्या छौ की उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जीउँदै छौ कि, मर्या छौ,
चुपलागि बस्या छौ किन ? किन !
क्यारी हो चल्ने, पेटभर्ने खान किनि नसक्नु,
क्यारी हो बाच्ने, औषधि महँगो छोइ नसक्नु,
बाच्न दे हामीलाई बढेको मूल्य छिट्टै घटाई दे
भ्रष्टाचारीहरुलाई चारपाटा मुढेर जेल पठाई दे
कर्णालीमा नुन छैन, नुन पठाई दे
पेट हेर खाली छ, खाना पठाई दे
ए सरकार !
सुत्या छौ की उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जीउँदै छौ कि, मर्या छौ,
चुप्पलागी बस्या छौ किन ? किन !
बाजै छ जमिन अल्छी छ नीति सुनि नसक्नु,
सरकारछ मौन चौतर्फी सङ्कट भोगी नसक्नु,
श्रमगरी बाच्ने, आत्मनिर्भर हुने नीति चलाई दे
स्वदेशमै रोजगार समृद्धिमा पुग्ने बाटो बनाई दे
श्रमगरी खानलाई, काम खुलाई दे
बिदेश जाने युवालाई, यतै भुलाई दे
ए सरकार !
सुत्या छौ की उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जीउँदै छौ कि, मर्या छौ,
चुपलागी बस्या छौ किन ? किन ।