चिरञ्जीवी सीको “भो कुरा नगर” सार्वजनिक

काठमाडौँ । चिरन पुन अफिसियल युटुब च्यानलबाट नयाँ गीत “भो कुरा नगर” सार्वजनिक भएको छ । यतिबेला समाजमा निराशा, कुण्ठा, नकारात्मकता जताततै देखिन्छ । हुँदैन ?, सकिँदैन ?, कस्ले गर्छ ?, किन गर्छ ? भन्ने जस्ता शब्दहरु यत्रतत्र सुनिन्छ । यस्तो परिवेशमा मुलुकलाई आशा, बिस्वास, सकारात्मकता, गर्न सकिन्छ, हामिले गरेर हुन्छ वा गर्नुपर्छ भन्ने मान्यताको जरुरी छ, यहि परिवेशलाई आत्मसात गरेर नयाँ गीतकारको रुपमा चिरञ्जीवी सी उदाएका छन ।
आफ्नै पसिनाको थोपाबाट देशलाई समृद्धिमा लैजान सकिन्छ, हामी आफैले मेहनत गरेर समाजवादको बाटोमा मुलुकलाई हिडाउनु पर्दछ भन्ने दिशानिर्देश गीत मार्फत दिन खोजिएको छ । आफ्नै ज्ञान, सीप, बिबेक प्रयोग गरेर हामी अगाडि बढ्नु पर्ने सन्दर्भ गीत मार्फत उतारेका छ्न । भर्खरै सार्वजनिक भएको गीतमा स्वर समेत चिरञ्जीवी सी को नै छ । चिरञ्जीवी सी को गीत लेखन र एकल गायनको हिसाबले यो पहिलो प्रयास समेत हो ।
वरिष्ठ जनवादी सङ्गीतकार चिरन सी ले “भो कुरा नगर” मा सङ्गीत दिएका छ्न । गीतमा एरेन्ज नारायण दङ्गालको छ । सङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतको मिक्सिङ्ग र मास्टरिङ्ग कुमार सानू पुनले गरेका छ्न ।
गीतको लिङ्क :