सप्तकोसीमा मोटरेबल बोट सञ्चालन

२०८२ कार्तिक ७ गते, बिहीबार


काठमाडौँ । सप्तकोसी नदीमा मोटरेबल बोट सञ्चालन गरिएको छ । सुनसरीको प्रसिद्ध बराहक्षेत्र मन्दिरदेखि भोजपुरको हतुवागढी–९ को कोप्चेसम्म आवतजावतका लागि मोटरेबल बोट सञ्चालन गरिएको हो ।
सुनसरी र भोजपुरका जिल्ला प्रशासन कार्यालयले अनुमति प्रदान गरेसंगै मोटरबोट संचालनमा आएको हो । बराहक्षेत्रदेखि कोप्चेसम्म करिब ६ किलोमिटर दूरी पार गर्न ५०० रुपैयाँ भाडा तोकिएको छ । स्थानीय बासिन्दाले यसले समय र खर्च दुबै घटाएको बताएका छन् । सप्तकोशीमा मोटरबोट संचालनमा आएसंगै यहाँको धार्मिक पर्यटन, स्थानीय आवागमन र कृषि उत्पादनको बिक्री वितरणमा सहज भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मानुङकोटमा पर्यटकको चहलपहल

२०८२ कार्तिक ७ गते, बिहीबार

आहा ! फुतफुते झरना

२०८२ कार्तिक ५ गते, मंगलवार