नेकपा (माओवादी)द्वारा जनताका न्यायपूर्ण संघर्ष र सृजनात्मक कार्यमा सहभागी बन्ने उद्घोष

२०८३ बैशाख १२ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठक शुक्रबार साँझ सम्पन्न भएको छ । सो पार्टीको मुख्यालय कपिलवस्तुमा बैशाख ७ गतेदेखि ११ गतेसम्म बसेको नवौं केन्द्रिय समितिको ८ औं पुर्ण बैठकले जनताका न्यायपूर्ण संघर्ष र सृजनात्मक कार्यमा सहभागी बन्नेलगायतका महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको बताइएको छ ।
जेन्जी बिद्रोह पछिको प्रतिनिधि सभा निर्वाचन पछि बसेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को उक्त बैठकले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता, जनताका अधिकार, समाजवादका लागि निर्मम भएर अगाडि बढ्ने निर्णय गरेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नवौं केन्द्रिय समितिको ८ औं पुर्ण बैठक सम्पन्न भएपछि महासचिव विप्लव सीले फेसबुकमार्फत् आफ्नो धारणा राख्दै केन्द्रीय समितिको आठौं बैठक बास्तबमै सशक्त,तीखो,रूपान्तरणकारी भएको बताएका छन्। उनले भनेका छन्( ’कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता, जनताका अधिकार, समाजवादका लागि हामी आफैप्रति निर्मम बन्न र रूपान्तरण हुन,सहयात्री कमरेडहरूलाई सहयोग गर्न र रूपान्तरण गर्न तयार भयौं ।हामी जनतामा पुग्ने छौं। जनताका न्यायपूर्ण संघर्ष र सृजनात्मक कार्यमा सहभागी बन्ने छौं। उत्पादनका कामहरूलाई थप सुदृढ गर्नेछौं । देशको रक्षा गर्न देशभक्त शक्तिसँग सहकार्य गर्नेछौं । अप्ठ्यारो ठाउमा पुगेको कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण र रक्षा गर्न आफ्नो भूमिका लिनेछौं।’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठक सम्पन्न भए पछि सो पार्टीका महासचिव विप्लव सीले फेसबुकमार्फत् सार्वजनिक गरेको धारणा यस प्रकार रहेको छ – ’केन्द्रीय समितिको आठौं बैठक बास्तबमै सशक्त, तीखो, रूपान्तरणकारी भयो । कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता, जनताका अधिकार, समाजवादका लागि हामी आफैप्रति निर्मम बन्न र रूपान्तरण हुन,सहयात्री कमरेडहरूलाई सहयोग गर्न र रूपान्तरण गर्न तयार भयौं ।
हामी जनतामा पुग्ने छौं। जनताका न्यायपूर्ण संघर्ष र सृजनात्मक कार्यमा सहभागी बन्ने छौं। उत्पादनका कामहरूलाई थप सुदृढ गर्नेछौं । देशको रक्षा गर्न देशभक्त शक्तिसँग सहकार्य गर्नेछौं । अप्ठ्यारो ठाउमा पुगेको कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण र रक्षा गर्न आफ्नो भूमिका लिनेछौं। बैठकमा सहभागी आदरणीय सल्लाहकार, सहयोद्धा सचिवालय, सीसीएम र व्यवस्थापनमा रातदिन खटिने कमरेडहरूलाई हार्दिक धन्यवाद ।’

प्रतिक्रियाहरु

[anycomment]