नेकपा (माओवादी) कम्युनिस्ट आन्दोलनलाई लक्ष्यमा पु-याउन उद्दत

२०८३ जेष्ठ ४ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले कम्युनिष्ट आन्दोलनलाई लक्ष्यमा पु¥याउने प्रयास अन्तर्गत विभिन्न राजनीतिक दल र नेतासँगको भेटलाई तिव्रता दिएको छ । जेन–जी आन्दोलन र त्यसपछि बनेका सरकारका कारण देश राजनीतिक, आर्थिक, सास्कृतिक, सामाजिक दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले कम्युनिस्ट आन्दोलनलाई लक्ष्यमा पु-याउने प्रयास अन्तर्गत राजनीतिक भेटघाट र छलफललाई तिव्रता दिएको हो । यसैक्रममा गत बिहिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा नेपालको राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनले विगतकालमा पैदा गरेका सम्भावना र गम्भीर कमजोरीका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
दुई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा देश र जनताको ऐतिहसिक जिम्मेवारी पुरा गर्ने सवालमा माले, एमाले र माओवादीले गरेको गल्तीका विषयमा वस्तुसंगत विश्लेषण भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा दूई शिर्षस्थ नेता ०६२–६३ र ०७५ सालपछि आएको ठूलो सम्भावना र ऐतिहासिक दायित्व निर्वाहमा माओबादी र एमाले चुकेको निष्कर्षमा पुगेको बताइएको छ ।
उक्त भेटवार्तामा राष्ट्रिय राजनीतिमा नेतृत्वको विगतको कमजोरी, साम्राज्यवादी षड्यन्त्र, गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम र नवदलालहरुको फाँसीवादी निरंकुशताको बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा देशको वर्तमान विशिष्ठ संवेदनशील र खतरायुक्त अवस्थामा राष्ट्रिय राजनीति, कम्युनिष्ट आन्दोलन र नायाँ पहलकदमीका विषयमा गम्भीर छलफल भएको बताइएको छ । दुई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्ता ऐतिहासिक, जिम्मेवारपूर्ण र नयाँ पहलकदमीका लागि विशेष महत्वको रहेको बताइएको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो समय देशमा विकशित राजनीतिक घटनाक्रम, कम्युनिष्ट आन्दोलन र त्यसमा आएका समस्याको समाधानका लागि संयुक्त पहल र सहकार्यका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले गतआइतबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव गौरव र नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालबीच छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव गौरवबीच भएको भेटवार्तामा जेन–जी आन्दोलन र त्यसपछि बनेको बालेन नेतृत्वको सरकारको कार्य, राजनीतिक प्रवृति र यसका अनुकुलता र प्रतिकुलताका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, दुई नेताबीच भएको उक्त भेटवार्तामा राष्ट्रको पहिचान र जनाधिकार विरुद्धको खतराका बिषयमा समेत घनिभूत छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा देशको वर्तमान राष्ट्रिय राजनीति र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको वर्तमान परिवेश र नयाँ पहलका बिषयमा समेत घनिभूत छलफल भएको बताइएको छ ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालबीच भएको भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को हालै सम्पन्न नवौं केन्द्रीय समितिको आठौँ पूर्ण बैठकले गरेका निर्णय र नेकपा (माओवादी)ले अगाडि सारेको कार्यनीतिको विषयमा छलफल भएको बताइएको छ ।
यसैगरी, दुई नेताबीच साम्राज्यवाद र नवादलाल पूँजीपतिहरुको चरित्र र त्यसले देशमा पैदा गरेको खतराका बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलन र दुई पार्टीको दायित्वको बिषयमा समेत घनिभूत छलफल भएको बताइएको छ ।
स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले बैशाख १९ गते, शनिबार नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहबीच भेटवार्ता वार्ता गरेका थिए ।
उक्त भेटवार्तामा जेन–जी आन्दोलन र त्यसको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र त्यो सरकारले गराएको प्रतिनिधि सभा सदस्य निर्वाचन र त्यसपछि बनेको बालेन नेतृत्वको सरकारसम्म आउदा देशमा विकसित राजनीतिक घटना क्रमका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेकपा मसालका शीर्षस्थ नेता बीच भएको उक्त भेटवार्तामा नेपालको राजनीतिक आन्दोलन, त्यसको जिम्मेवारी र अगाडिका चुनौतिका विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा नेपालको कम्युनिष्ट आन्दोलनले पछिल्लो दिनमा व्यहोर्नु परेको समस्या र त्यसको समाधानको विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ । साथै राष्ट्रिय स्वाधिनता, जनाधिकार र त्यसका अगाडि खडा भएका चुनौती, षड्यन्त्र र हस्तक्षेप र यसको समाधानको विषयमा समेत गम्भीरताका साथ छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा राष्ट्रिय राजनीतिसहित कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा प्रदान गर्न छलफल र बहसलाई घनिभूत र व्यवस्थित ढंगले अगाडि बढाउने विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, बैशाख २३ गते, बुधबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलबीच मंगलबार भेटवार्ता वार्ता भएको छ । उक्त भेटवार्तामा परिवर्तित राष्ट्रिय राजनीतिक परिस्थिति यसको समस्या र खतराका विषयमा गम्भीर छलफल भएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेकपाका शीर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा नेपालको कन्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व, कम्युनिष्टहरुबीचमा सहकार्य, भावी कम्युनिष्ट आन्दोलनको विकासका विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा राष्ट्रको स्वाधिनता र जनाधिकारका मुद्दामा र राष्ट्रिय राजनीतिमा पहल लिनुपर्ने आवश्यकताका विषयमा समेत गम्भीरताका साथ छलफल भएको बताइएको छ । दुई शीर्षस्थ नेताबीच भएको उक्त भेटवार्ता गम्भीर, सकारात्मक र उपलब्धिमुलक रहेको बताइएको छ ।
यसैगरी, बैशाख २४ गते, बिहिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुतीबीच बिहिबार भेटवार्ता वार्ता भएको थियो । उक्त भेटवार्तामा देशमा विकसित राजनीतिक घटना क्रमका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका शीर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा देशको पछिल्लो अवस्थामा विकसित राष्ट्रिय राजनीति, सरकारको गतिविधि, जनाधिकार, नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व एवम् आगामी अख्तियार गर्नु पर्ने बिचार र नीतिबारे गहन छलफल भएको बताइएको छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]