नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र जसपाका अध्यक्ष यादवबीच भेटबार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार साँझ भेटबार्ता भएको बताइएको छ । दुई पार्टीका शीर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा जेन जी आन्दोलन र त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार , गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको परिणाम र त्यस पछि बनेको बालेन नेतृत्वको सरकार र त्यसपछि राष्ट्र एबम् जनताको जीवनमा घटेका घटनाक्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी , उक्त भेटवार्तामा देश , जनता , राष्ट्रिय स्वाधिनता र जनाधिकारको पछिल्लो अवस्थाका बिषयमा गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा मधेशी , कर्णाली एबम् सुदुरपश्चिमलगायत आम नेपाली जनता वर्तमान अवस्थाका बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, दुई पार्टीका शीर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा बिगतको राज्य र त्यसका संचालकहरुले गरेको गम्भीर गल्तिको चरम दुरुपयोग राष्ट्रिय र अन्तराष्ट्रिय तत्वहरुले गरेको र त्यसको क्षतिपूर्ति क्रान्तिकारी कम्युनिस्ट , प्रगतिशील र देशभक्त राजनीतिक शक्तिहरुले गर्नु पर्ने बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी , उक्त भेटवार्तामा देशको वर्तमान अवस्थाको सम्भावना , खतरा र दुई पार्टी एबम् नेतृत्वको दायित्वको बिषयमा सकारात्मक छलफल भएको बताइएको छ । समग्रमा दुई पार्टीका शीर्षस्थ नेताबीच भएको उक्त भेटवार्ता महत्वपूर्ण र उपलब्धिमुलक भएको बताइएको छ ।
