नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र पूर्व प्रधानमन्त्री खनालबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आइतबार साँझ भएको उक्त भेटवार्तामा जेन जी आन्दोलन र त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार , गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको परिणाम र त्यस पछि बनेको बालेन नेतृत्वको सरकारको गतिबिधिका बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलनको वार्तमान अवस्था र क्रान्तिकारी कम्युनिस्टको दायित्वका बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा नेपालको राजनीतिक आन्दोलन राष्ट्रको स्वाधिनता , जनाधिकार र सदनमा प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिका बिषयमा समेत गम्भीरता पुर्वक छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलनको भावी क्रान्तिकारी योजनाका निम्ति बिचार , राजनीतिक कार्यदिशा र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको केन्द्र निर्माण एबम् नेतृत्वका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
दुई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्ता ऎतिहासिक , जिम्मेवारपूर्ण र नयाँ पहलकदमीका लागि बिशेष महत्वको रहेको बताइएको छ ।
