‘भारतीय हस्तक्षेपविरुद्ध प्रतिरोधमा उत्रौँ’

२०८३ जेष्ठ ३० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भारतीय सीमा अतिक्रमणबिरुद्ध प्रतिरोधमा उत्रन सम्पूर्ण देशवासीलाई आह्वान गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो आव्हान गरेका हुन् ।
महासचिव विप्लव सीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन्द्र साह ले गत जेठ १७ गते संसदमा दिएको विवादास्पद तथा राष्ट्रहितविपरीत अभिव्यक्तिपछि जेठ १८ गते सुस्तामा भारतीय SSB ले हस्तक्षेप गरेको ठोकुवा गरेका छन्। उनले उक्त घटनाको तत्काल विरोध गरिएको उल्लेख गर्दै सुस्ता क्षेत्रमा भारतीय पक्षको हस्तक्षेप अझै जारी रहेको बताउदै अहिले फेरी भारतीय SSB ले सुस्तामा हस्तक्षेप दोहोर्‍याएको र स्थानीय बासिन्दाले त्यसको प्रतिरोध गरेको बताएका छन्। उनले भनेका छन – “आज पनि सुस्तामा भारतीय सशस्त्र सीमा बल (SSB) ले फेरि नाङ्गो हस्तक्षेप जारी राख्यो तर सुस्ताबासी नेपालीले प्रतिरोध गरेका छन्। ”
महासचिव विप्लव सीले नेपालको सीमाक्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपविरुद्ध सम्पूर्ण नेपाली जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने भन्दै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सीमाको सुरक्षाका लागि जनस्तरबाट प्रतिरोध आवश्यक रहेको बताएका छन्।
उनले सिमामा भइरहेको भनिएको भारतीय हस्तक्षेपविरुद्ध आन्दोलन र प्रतिरोधमा सहभागी हुन सम्पूर्ण देशवासीलाई हार्दिक आह्वान समेत गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]