१४ औँ दक्षिण एसियाली खेलकुद चैत २० गतेदेखि

२०८३ भाद्र ७ गते, आईतवार

काठमाडौँ । १४ औँ दक्षिण एसियाली खेलकुद (साग) चैत २० गतेदेखि २८ गतेसम्म पाकिस्तानमा आयोजना हुने भएको छ। पाकिस्तानमा तेस्रो पटक साग आयोजना हुन लागेको हो। यसअघि सन् १९८९ र २००४ मा पाकिस्तानले साग आयोजना गरेको थियो। प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले सहभागिता जनाउने छन्। जसमा भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका रहेका छन्। सन् २०१९ मा नेपालमा सम्पन्न भएको १३ औं सागपछि यो प्रतियोगिता आयोजना हुन सकेको थिएन।
प्रतियोगितामा २८ खेलले सहभागिता जनाउनेछन्। जसमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३×३) र (५×५), बिलियड्र्स तथा स्नूकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबलरबीच ह्यान्डबल, हक्की, जुडो, कबड्डी, कराते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, बीच भलिबल, भारोत्तोलन, कुस्ती र उसु समावेश रहेका छन्।

प्रतिक्रियाहरु

[anycomment]