फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, २२ घाइते !

२०८३ भाद्र ८ गते, सोमबार


काठमाडौँ । गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको पहाड नजिकैका घरहरूमा खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय समयअनुसार सोमबार बिहान २ बजेतिर सहरको दार-एस-सलाम क्षेत्रमा दुर्घटना भएको हो।
गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको थुप्रो अचानक भत्किएको हो। जसमा धेरै मानिस फसेको आशंका गरिएको छ। सरकारले उद्धार र राहतका लागि सेनासहित ठुलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा खटाएको छ। एक महिलाले स्थानीय सञ्चारमाध्यमसँग फोहोरको पहाडले थिचिएर आफ्ना पाँच बालबालिकाको मृत्यु भएको बताएकी छन्। अधिकारीहरूले भग्नावशेषमुनि थप मानिसहरू दबिएको हुन सक्ने शंका गर्दै मृतकको संख्या बढ्न सक्ने बताएका छन्। गिनीका प्रधानमन्त्री अमाडोउ ओरी बाले स्थिति बुझ्न घटनास्थलको अवलोकन गरेकी छन्। – बीबीसी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु