एमाओवादीमा मधेसीको सम्मानजनक प्रतिनिधित्व माग

काठमाडौं, – एमाओवादीका मधेसी नेताहरुले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी केन्द्रीय नेतृत्वमा कम्तिमा ५० जना मधेसीको प्रतिनिधित्व माग गरेका छन् । नेता विश्वनाथ साहले पदाधिकारी, स्थायी समिति, पोलिट्ब्युरो र केन्द्रीय समितिमा मधेसीको सम्मानजनक प्रतिनिधित्व माग गरे । ‘अहिले ९८ जनाको केन्द्रीय समितिमा ७ जनामात्र मधेसी छन्,’ उनले भने, ‘अब कम्तिमा ५० जना हुनुपर्छ ।’
नेता रामरिझन यादवले केन्द्रीय नेतृत्वमा मधेसीको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिए । ‘हाम्रो माग पूरा गर्ने आश्वासन पाएका छौं,’ उनले भने, ‘आशावादी छौं विस्तारित केन्द्रीय समितिमा मधेसीको सम्मानजनक सहभागिता हुनेछ ।’पत्रकार सम्मेलनमा नेताहरु विश्वनाथ साह, रामकुमार यादव, श्रवण यादव, रामकुमार शर्मा, रामरिझन यादव र दिलिप शाह उपस्थित थिए । नेता प्रभू साह कार्यक्रममा उपस्थित थिएनन् । मधेसी नेताहरुले ‘प्रभू साह आफूहरुको सम्पर्कमा नभएको’ बताए ।एमाओवादीका मधेसी नेताहरुले आफूहरु नयाँ पार्टी गठनको तयारीमा लागेको भन्ने समाचारको खण्डन गरे ।