नेकपा-माओवादी प्रतिरोध अभियानमा

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनतालाई मूख बनाउने र २०३६ सालमा पञ्चायत लादेजस्तै अहिले संसदीय व्यवस्था लाद्ने प्रयास भएकाले त्यसलाई पूण्ारुपमा विफल बनाउनका लागि प्रतिरोध अभियान थालेको बताएका छन् । नेकपा-माओवादीले पहिलो पटक पूर्वी नेपालबाट यस प्रकारको अभियानका थालनी गरेको उल्लेख गर्दै सचिव विप्लवले जनयुद्धपछि तत्कालीन सात दल र माओवादीबीच भएको सम्झौताअनुसार पुनः माओवादीसँग त्योभन्दा उच्च खालको सम्झौता हुनु पर्ने कुरामा जोड दिएका थिए । नेपालको अस्तित्वमाथि खेलबाड गर्ने चार दलीय सिण्डिकेटलाई भत्काउन र नेपाली जनताले प्राप्त गरेको उपलब्धिको रक्षाका लागि हामी एक लाख युवालाई स्वयमसेवक दलमा आबद्ध गराएर देशभर नेपालीका अस्तित्व रक्षाका लागि परिचालन गर्ने तयारीमा छौँ भन्दै सचिव विप्लवले त्यो पाँच लाख पनि पुग्न सक्ने बताए । त्यसअघि इटहरीस्थित पार्टर्बाट हातमा डण्डा र भाटा बोकेका युवा जनस्वयमसेवक युवाहरुले विभिन्न नारा लगाउँदै इटहरी नगरको मुख्य-मुख्य क्षेत्रमा परिक्रमा गरेका थिए । उनीहरुले चार दलीय निर्ण्र् मान्दैनौँ, वर्तमान सरकार विघटन गर, चुनावी नौटङ्की तोड्छौँ जस्ता नाराहरु लगाएका थिए । राष्ट्रिय युवा स्वयमसेवक पूर्वी कमाण्डले आयोजना गरेको राष्ट्रिय जनजागरण तथा प्रतिरोध अभियान तथा नेकपा-माओवादी कोचिला राज्य समितिले आयोजना गरेको राष्ट्रिय स्वाधीनताका लागि जनसम्बन्ध सुदृढ अभियान भनेर दुइ छुट्टाछुट्टै कार्यक्रमलाई एक ठाउँमा आयोजना गरेर नेकपा-माओवादीले भण्डाफोर अभियानको उद्घोष समेत गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]