मेट्रो सिटी बनाउने तयारी

२०७० बैशाख १६ गते, सोमबार


काठमाडौ, सरकारद्धारा गठित नगर निर्धारण समितिले काठमाडौं उपत्यकाभित्र रहेका तीनवटै जिल्लाका गाविसलाइ गाभेर नगरपालीका बनाउने तयारी गरेको छ । यसकै लागि समितिले उपत्यकामा थप्न सकिने झन्डै डेढ दर्जन नगरपालीकाको सम्भाव्यता अध्ययनको लागि छुट्टै कार्यदल तयार गरिएको छ ।सुझाब संकलन र सम्भाव्यता अध्ययनको आधारमा उपत्यकाभित्रका सबै गाविसलाई नगरपालीकामा रुपान्तरण गर्न सकिने निश्कर्ष निकालीएको निर्धारण समितिका सदस्य एवम् कार्यदलका संयोजक रेश्मीराज पाण्डेले बताए । ‘अस्तव्यस्त र अव्यवथित काठमाडौंको एकीकृत विकासको लागि अहिलेको भन्दा फरक ढंगको संरचना जरुरी देखियो’, स्थानिय विकास मन्त्रालयको नगरपालीका शाखा समेत हेर्ने सहसचिव पाण्डेले भने । ‘पूर्वाधार र स्रोत र साधन भएका गाविसहरुलाई गाभेर नगरपालकिा बनाउने र सबैनगरपालीकाको छाता संगठनका रुपमा मेट्रो सिटीको अवधारणा ल्याएका छौ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार