मे दिवसमा प्रचण्डको ‘प्रकाश ‘उपहार

२०७० बैशाख १९ गते, बिहीबार


काठमाडौ, मजदुर दिवस तथा १ सय २४ औं अन्तर्राष्ट्रिय मे दिवसको कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालसँगै विराटनगर गएका छन् । बुद्ध एयरको जहाजबाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल , बाबुराम भट्टराई, वर्षमान पुन, रामचन्द्र झा, हिसिला यमीसँगै दाहाल पुत्र प्रकाश विराटनगर गएका थिए ।
दोस्रो विवाह गरेपछि पार्टीबाट निलम्बित प्रचण्डका छोरा दाहाल केही दिनअघि एमाओवादीबाट चोखिएका थिए । कान्छी श्रीमती बिना थापामगरसँग केही महिना भारत र नेपालकै विभिन्न ठाउँमा लुकेर बसेका प्रकाश एमाओवादीबाट कारबाही फुकुवा हुनेबित्तिकै प्रचण्ड निवास लाजिम्पाट बस्न थालेका थिए ।
कारबाही फुकुवा भएपछि दाहालले पहिलोपल्ट छोरा प्रकाशलाई सार्वजनिक कार्यक्रममा साथै लिएर गएका हुन् ।>मे दिवसलाई सम्बोधन गर्न एमाओवादी शिर्ष नेताहरु इटहरी पुगेका थिए।
अमेरिकाको सिकागो सहरमा मजदुहरुले आठ घण्टा काम र आठ घण्टा आरामको नारा सहित गरेको आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो।

प्रतिक्रियाहरु

[anycomment]