गुण्डागर्दीमा डिएसपी

काठमाडौं । जिल्लामा खटाएका प्रहरी प्रमुखले र्सव साधारणलाई आतंकित पारेर मध्य रातमा जनताको घरमा धरपकट गर्ने र बलात्कारको प्रयास गरेको समाचार बारम्बार आइरहंदा पनि आइजीपी कुवेर सिंह रानाले किन उनलाई कारवाही नगरेका होलान् – धादिङको मैदीमा मध्य रातमा मदिरा पिएर र्सवसाधारण जनतामाथि कुटपिट गर्ने बलात्कारको प्रयास गर्ने प्रहरीलाई उल्टै संरक्षण गरेको देख्दा काठमाडौंबाट नजिकै रहेको जिल्ला धादिङका वासिन्दाहरुले सरकार नभएको अनुभूति गर्न थालेका छन् । पहिलेविकास खनालसग माओवादी नेत्री कल्पना धमलाले मोटरसाइकल माग्दा नदिएका कारण्ँ उनी जिल्ला प्रहरी प्रमुखबाट फेरिए । त्यसपछि आएका डिएसपी अशोक सिंहको अत्याचारले सीमा नाघेको छ । प्रहरी भएर एउटा पार्टीी केही लोभीपापीले भनेअनुसार फरक राजनीतिक आस्थाका व्यक्तिमाथि ज्यादती गर्न उनी उद्यत छन् । मानौ“, अशोक सिंह प्रहरीको नभई माओवादीका केही दलालीमा पल्किएका व्यक्तिका डिएसपी हुन् । हालै मैदी गाविसका भएको घटनाले उनको असलियत र्सार्वजनिक भएको छ । मैदीमा रत्यौलीका विषयमा भएको झगडामा डिएसपी अशोक सिंहले उद्दण्ड मच्चाए । मैदीका अर्सइ रामबाबु यादवले झगडामा संलग्न व्यक्तिलाई पक्राउ गरी चौकीमा लगिसकेपछि आफूमाथि गाउ“लेबाट कुटपिट भएको भन्दै जिल्लाबाट थप प्रहरी मगाए । डिएसपीसहित गाउा पुगेको प्रहरी टोलीले एमाले र्समर्थकका घर घरमा बन्दुकको कुन्दाले भकारी घोच्दै हि“ड्यो । महिलामाथि दर्ुर्व्यवहार गर्यो । गाउ“ नै आतंकित बनायो र शिक्षक प्रेम पुलामीसहितका आठ व्यक्तिलाई पक्राउ गर्यो । पक्राउ परेका प्रेम पुलामी धरौटीमा रिहा भइसकेका छन् भने अरु युवाहरु अझै जिल्लामा थुनिएका छन् । प्रहरीले नेपाली सेनामा कार्यरत कुलबहादुर मगर, प्रेम पुलामीलगायत आठै जनालाई प्रहरीमाथि कुटपिट गरेको अभियोग लगायो । गाउामा झगडा भएको र छोरो कुटपिटमा संलग्न भएको थाहा पाएपछि प्रेम आफै“ले प्रहरीकहा“ जिम्मा लगाएका थिए । धादिङ जिल्ला प्रशासन कार्यालयले थपेको म्यादभित्र प्रशासनमा बुझाउन भनी प्रेमले त्यही दिन बिहान मात्र दाइको घरबाट ल्याएको भरुवा बन्दुक, दर्ुइवटा खु“डा र दर्ुइवटा खुकुरी बरामद गर्यो । प्रहरीले मैदीका असइलाई कुटपिट गरेको अभियोग उनीहरूमाथि लगायो । तर, चोरीको बाइक चढेर हि“ड्ने ती असइ आफै“ जा“डले लठ्ठ थिए । भोलिपल्ट घटनाबारे बुझन गाउा गएको पत्रकारहरुको टोलीलाई असइले आफूमाथि गाउालेबाट आक्रमण्ँ नभएको बताए । गाउालेले पनि त्यही कुरो बताइदिए । पत्रकारहरुले त्यही रेकर्डिङ रेडियोमा बजाइदिएपछि डिएसपी सिंहले तुरुन्तै अर्सइ यादवलाई फिर्ता बोलाए । र, पक्राउ परेकाहरुमाथि हतियार तथा खरखजाना मुद्दा लगाए र फाइल सिडियोलाई बुझाए । यसबाट डिएसपी सिंहले नियोजित रुपमा घटना गराएका थिए भन्ने बुझन गार्हो पर्दैन । यसअघि कांग्रेेस माओवादीका तर्फाट शान्ति समितिमा बसेका व्यक्तिहरु नै कुटपिटमा संलग्न भएको भनी सप्रमाण्ँ उजुरी पर्दा पनि सुनेको नसुन्यै गर्ने डिएसपी सिंहलाई रत्यौलीमा भएको सानो झगडालाई यति बढी महत्त्व दिएर गाउ“ नै आतंकित पार्नुपर्ने के बाध्यता आइलागेछ भन्ने मैदेली जनताले बुझन सकेका छैनन् । जिल्लादेखि केन्द्रसम्मका नेताले यस्तो अन्यायपर्ूर्ण्ँ काम नगर्न भन्दा पनि अशोकले टेरेनन् । अन्ततः निर्दोषमाथि पनि मुद्दा चलाइछाडे । माओवादीस“ग मिलेर अवैध गिट्टी बालुवामा रजाइ“ गर्न पल्किएका कारण्ँ अशोक उनीहरूका सुन्ने गर्छन् । बैरेनी ९ जिन्टेबगरमा खुलेआम त्रिशूलीमा स्काभेटरले गिट्टी बालुवा निकालिरहेका हुन्छन् । तर अवैध काम गरे सूचना दिनू भन्ने जिल्ला प्रशासनको अनुरोधलाई सम्मान गर्दै स्थानीयले प्रहरी प्रमुख अशोकलाई जानकारी दिए पनि अशोकले अशोकले उल्टै गिट्टी बालुवाका तस्करस“ग पैसा उठाएर उनीहरुलाई भगाउने गरेका छन् । धादिङमा बालुवा मात्र होइन, सबै खालका धन्दा कसरी चलिरहेको छ भन्ने यसबाट बुझन सकिन्छ । पहिले अरूले भन्दा पत्याउन गार्हो हुन्थ्यो । आरोप लगाएका हुन्, व्यवहारमा त्यो कसरी सम्भव छ र भन्ठान्थे“ तर डिएसपीको चर्तिकलाको प्रत्यक्षदर्शी जनताहरु भने देशमा सरकार नभएको गुनासो गर्छन् । केही समय अघि त्रिशूलीमा तस्करी विषयमा समाचार बाहिर आएपछि पत्रकारलाई व्यवसायीले भनेका थिए, तपाईंलाई मात्र किन बाध्यता पर्यो – अरू सबैले सहयोग गरेका छन् । आज नलेख्नुस् भोलि भेटौ“ला । समाचार आइसकेपछि अर्का व्यापारीले भनेका थिए, भाइले समाचार लेखेर कति कमाउ“छ कुन्नि – सिडिओ र डिएसपीको कमाइचाहि“ प्रशस्तै गराइदिने भयो । व्यवसायी र प्रशासनको सहमतिमा बालुवा प्रशोधन गर्दा फिरफिरेबाट निस्कने फोहोर पानी सोझै त्रिशूलीमा मिसाउन नपाइने, खानीबाट ढुवानी गरिने बालुवा ओभरलोड गरी बोक्न नपाइने, सडकमा पानी चुहाउन नपाइने, र्सार्वजनिक स्थलबाट उद्योग हटाउनुपर्ने र त्रिशूलीमा स्काभेटर प्रयोग गर्न नपाइने मौखिक सहमति गरेर बालुवा खुलाएको प्रमुख जिल्ला अधिकारी खरेल बताउ“छन् । वास्तवमा यी सहमति देखाउनका लागि मात्र हो । त्यसको भोलिपल्टैबाट कार्यान्वयनस्वरूप दिउ“सोको सट्टा राति बालुवा झकि्न थालियो । रातमा प्रहरी व्यवसायी के गर्छन्, त्यो भनिरहनै परेन । स्थानीय आफ“ै बताउ“छन् । दिउ“सै स्काभेटर प्रयोग भएको सूचना पाउनासाथ प्रहरीको तर्फाट व्यवसायीलाई खबर हुन्छ, साइड लागिहाल्नुस्, नत्र अप्ठ्यारो पर्ला † फिल्ममा निर्देशकले निर्देशन गरेजस्तै, हिरोले गुन्डामाथि हावामा मुड्की बजारेर सबै गुन्डालाई सिध्याएको नाटक गरेजस्तै हो धादिङमा अशोक सिंहको सहयोगमा तस्करीको नाटक चलिरहेको । पहिला काठमाडौंमा इन्स्पेक्टर छ“दा तत्कालीन दरबारको रवाफमा बर्दीमै गुन्डागर्दी गर्नुको परिण्ँति बढुवा रोक्काबाट भोगेका थिए । त्यसबेला बढुवाका लागि आइजीकहा“ रु“दै कराउ“दै हि“डेको देख्ने सिपाहीहरू अहिले पनि धादिङमै छन् । अहिले त्योभन्दा डरलाग्दो दर्ुगति निम्तिन लागेको किन नबुझेका होलान् – डीएसपीको पक्षका समाचार लेखिदिने पत्रकारलाई उनले महिनावारी, हप्तावारी बोलाएर भेट गर्ने गरेका छन् । रेडियोमा कार्यरत एक सञ्चारकर्मी भन्छन्- ‘डिएसपीले पत्रकारका सामु समाचार लेखेर केही लछार पाटो लाग्दैन । धादिङ धेरै राजश्व उठ्ने जिल्लामा पर्छ, यहा“ काम गर्नका लागि सोह्रखुट्टे प्रहरी प्रभाग जस्तै आइजीपीको ठाडो निर्देशनमा काम गर्नु पर्छ । आफ्नो आइजीपीसंग राम्रो सम्बन्ध भएका कारण माथिका हाकिमहरुलाई चित्त बुझाउने जिम्मा हामीले पनि पाएका छौं । कसैले मलाई यहा“बाट हटाउन चाहेर पनि हटाउन सक्दैन ।’