गणितबाट क्यान्सरको उपचार

२०७० असार ३ गते, सोमबार

टोरोन्टो, ३ असार- गणितको सहारामा क्यान्सरको उपचार । यो अनौठो खबर हुन सक्छ । वास्तवमा वैज्ञानिकहरूले एडभान्स्ड म्याथम्याटिकल मोडल्सका माध्यमबाट यस्तो भाइरस तयार गरेका छन्, जसले क्यान्सर गराउने कोषिकाको नाश गर्नेछ । यति मात्र होइन, यो भाइरसले क्यान्सरपीडितलाई कुनै नकारात्मक प्रभाव समेत पार्नेछैन । के हो प्रविधि ? यसमा गणितका मोडेलहरू प्रयोग गरेर विभिन्न प्रकारका उपचार र वंशाणुगत मोडिफिकेसनका माध्यमबाट क्यान्सर नाश गर्ने अनकलिटिक भाइरस बनाइन्छ । शोधका बेला जुन गणितीय मोडेल तयार गरिएको छ, त्यसले संक्रमण चक्र र संक्रमणलाई राम्रोसँग व्याख्या गर्न सकिन्छ । सुरक्षित उपायको खोजी युनिभर्सिटी अफ ओटावाका प्राध्यापक डा. बेल भन्छन्, ‘क्यान्सर यस्तो जटिल रोग हो, जसको उपचार गर्न अनकलिटिक भाइरत पूर्ण रूपमा सक्षम छैनन् । यसबाहेक यी भाइरसले स्वास्थ्यमा केही असरसमेत पार्छन् ।’ त्यसैले, उनले कुनै सरक्षित भाइरस बनाउने प्रयास गरिरहेका छन् । उल्लेखनीय छ, क्यान्सर प्रभावित कोषिकामा यी भाइरसको संक्रमणबाट बच्न एउटा स्वाभाविक प्रतिरक्षा प्रणाली हुन्छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार