तनाव रोगको प्रमुख कारक

२०७० असार १२ गते, बुधबार

सामान्य तनाव सबै व्यक्तिलाई हुन्छ । खासगरी कामको चाप तथा घटना परिघटना र जिवनशैलीका कारण तनाव उत्पन्न भइरहन्छ । तनाव व्यवस्थापन योग्य हुनुपर्छ ।तनाव सन्तुलित हुनुपर्छ र यो अधिक तनावको स्तरमा अर्थात् नियन्त्रण गर्न नसकिने स्तरमा पुग्यो भने त्यसले मानिसको शारीरिक तथा मनोवैज्ञानिक अवस्थामा नकारात्मक असर पूराउँछ । तनावबाट पुरुषमा उत्पन्न हुने केही जटिलता निम्न छन् :तनावयुक्त पुरुषमा अनुहारको आकर्षण घट्छ । खासगरी तनावका बेला पुरषको सरीरमा टेष्टेस्टेरोन हर्मोन अर्थात् सेक्स हर्मोनको उत्पादन कम हुने भएकाले पुरुष कम यौनाकर्षक बन्दछ । युवाहरुका लागि अनाकर्षक बन्नु अवश्यपनि चिन्ताको विषय हो र यसले झनै तनाव थपिदिन्छ ।
तनावका कारण पुरुषहरुमा मुटुसम्बन्धि विभिन्न रोगको जोखिम बढ्छ ।अधिक तनाव तथा चिन्ताका कारण पुरुषमा यौन उत्तेजनामा गडबडीको समस्या पनि उत्पन्न हुने खतरा हुन्छ ।लामो समयसम्म तनाव झेलिरहने पुरुषहरुको शुक्रकिटमा पनि असर पर्छ । पिताको शुक्रकिटको जिनमा पर्ने असरले भावी बच्चामा समेत प्रभाव पार्ने विज्ञहरुको भनाई छ । साथै तनावका कारण पुरुषहरुमा शुक्रकिटको संख्यामा पनि कमी आउने बताइन्छ ।तनावका कारण पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा बढ्छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार