मानव अंग प्रत्यारोपण केन्द्र चौबीसै घण्टा खुला

२०७० असार १८ गते, मंगलवार

भक्तपुर, १८ असार– भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रले आफ्नो सेवालाई विस्तार गरेको छ ।केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द श्रेष्ठले मृगौला रोगीको उपचारका लागि अहिले केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द श्रेष्ठले खुला गरिएको जानकारी दिए ।पहिला २ सिफ्टमा मात्रै सेवा दिँदै आएकोमा अहिले चौबीसै घण्टा उपचार खुला गरिएको हो । डेढ महिनादेखि रातीमा आउने विरामीलाई पनि उपचार सेवा दिन थालिएको डाक्टर श्रेष्ठको भनाइ छ ।सरकारले विपन्न तथा गरीब मृगौला पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेपछि केन्द्रमा डायलोसिस गर्न आउने विरामीको संख्या बढेको छ ।दैनिक ५० जना विरामीको निःशुल्क उपचार हुने केन्द्रले जनाएको छ । यस्तै मृगौला रोगीलाई उपचारको पहुँचमा ल्याउनेबारे मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल गर्दैछ ।मृगौला रोगीलाई कसरी सहज रुपमा सेवा दिने भन्ने बारे सरोकारवालाहरुसँग मन्त्रालयले छलफल गर्न लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार