अमरसिंह उच्च माविमा अनिश्चितकालिन तालाबन्दी

२०७० असार २६ गते, बुधबार

पोखरा,२६ असार – पोखराको अमरसिंह उच्च माविका स्नातकोत्तर तह पास गरी दिउँसो विद्यालयमा पढाउँदै आएका २१ जना शिक्षकले उच्च माविमा पनि पढाउन पाउनुपर्ने माग राख्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।शिक्षकहरुको तालाबन्दीका कारण अमरसिंह उच्च माविको विहानी कक्षाको पढाई प्रभावित भएको छ ।शिक्षकहरुले विहानी कक्षाका इन्चार्जहरुले राजीनामा दिनुपर्ने, आर्थिक अनियमितता बन्द गर्नुपर्ने, स्नातकोत्तर पास गरी विद्यालयमा पढाएका शिक्षकलाई तत्काल उच्च माविले सम्बोधन गर्नुपर्नेलगायतका माग राखेका छन् ।
गत जेठ १३ गते गठन भएका उच्च मावि कक्षा समन्वयसम्बन्धि सम्भाव्यता अध्ययन तथा सुझाव समितिले प्रतिवेदन बुझाएपनि त्यसको कार्यान्वयन नभएपछि, तालाबन्दी गर्नुपरेको शिक्षकहरुले बताएका छन् ।
शिक्षकहरुले विद्यालयको मूल गेटमै सूचना टाँसेर आन्तरिक असमझदारीका कारण अनिश्चितकालका लागि विहानी कक्षाहरु सञ्चालन नगर्ने जनाएका छन् ।
अमरसिंह उच्च मावि संयोजक बद्री पंगेनीले शिक्षकहरुले पहिले तालाबन्दी गरेर मात्रै मागपत्र पेश गरेको बताए । पढाइरहेका शिक्षकहरुलाई हटाएर तत्काल नयाँलाई नियुक्ती दिन नमिल्ने उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार