विश्व पर्यटन दिवस मनाईंदै

२०७० आश्विन ११ गते, शुक्रबार

काठमाडौं, ११ असोज । ‘पर्यटन र पानीः साझा भविष्यका लागि सुरक्षित’ भन्ने मूल नाराका साथ आज ३४ औं विश्व पर्यटन दिवस विश्वभर मनाईंदैछ । सेप्टेम्बर २७ का दिन विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस मनाइन्छ ।सन् २०१२ मा विश्वभर करिब एक अर्ब मानिसले पर्यटक भएर विदेश भ्रमण गरेका छन् । ठूलाठूला तारे होटलमा पर्यटकले अत्यधिक पानी प्रयोग गर्ने गरेका छन् । विश्व पर्यटन दिवसका अवसरमा नेपालमा पर्यटनसँग सम्बन्धित ४१ वटा सङ्घसंस्थाले साताव्यापी रुपमा देशका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धनबारेमा गोष्ठी, बाल क्लाइम्बिङ, सडक महोत्सव, खाद्य महोत्सव, प्रभातफेरी, पर्यटक सम्मान, पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई सम्मान एवम् विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर पर्यटनकोे प्रवद्र्धनात्मक तथा प्रचारात्मक अभियान प्रारम्भ गरेका छन् ।
चर्चित पर्यटकीय गन्तव्यहरु नगरकोट, पोखरा, चितवन, लुम्बिनी र ठमेललगायतका क्षेत्रमा पर्यटकका लागि होटल, रेस्टुरा, जलयात्रा, पथप्रदर्शनको शुल्कमा समेत सहुलियत दिइएको छ । नेपाल पर्यटन बोर्डको पहलमा आज नयाँ पर्यटकीय सेवा र उत्पादनको सार्वजनिक गरिने बताइएको छ । देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ३.२ प्रतिशतको योगदान गरेको पर्यटन उद्योगले सरकारको कुल राजस्वमा ३३ प्रतिशत अंश ओगटेको छ । पर्यटन उद्योगबाट मुलुकलाई सन् २०१२ मा रु ६७ अर्ब २० करोड प्राप्त भएको छ भने करिब आठ लाख ५० हजार नेपालीलाई प्रत्यक्ष एवम् अप्रत्यक्षरूपमा रोजगारी दिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार