विश्व पर्यटन दिवस सम्पन्न

२०७० आश्विन १२ गते, शनिबार

काठमाडौँ,११ असोज । ‘जलस्रोत र पर्यटन हाम्रो साझा भविष्यको संरक्षण’ भन्ने मुल नारासहित संसारभर २७औं विश्व पर्यटन दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि जलस्रोतको संरक्षण र सहि सदुपयोगलाई जोड दिँदै विश्व पर्यटन दिवस मनाइयो । जलस्रोतको संरक्षण गरि नेपालको पर्यटन विकासमा प्रयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्री टेक बहादुर थापा घर्तीले भावी पुस्ताका लागि जलस्रोत संरक्षण गर्नुपर्ने बताए । नेपालमा पर्यटन विकासका लागि विमानस्थलको स्तरोन्नती तथा विस्तार, पूर्वाधार निर्माण, वायुसेवाको संख्या बढाउने, निजी क्षेत्रसँग सहकार्य गरेर नेपालका पर्यटन क्षेत्रहरुको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्नुपर्नेमा उनको जोड थियो । नेपालमा पर्यटन विकासका लागि निजी क्षेत्र र सरकार आपसमा मिलेर अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।पर्यटन सचिव सुशिल घिमिरेले जलस्रोतको संरक्षण गर्ने काम अत्यन्त चुनौतीपूर्ण रहेको बताउँदै सबै पक्षलाई जलस्रोत संरक्षणमा लाग्न आग्रह गरे । उनले नेपालमा भित्रिने तथा बाहिरिने जहाजहरुलाई त्रिभुवन विमानस्थलले मात्र थेग्न नसक्ने बताउँदै भैरहवामा रहेको गौतम बुद्ध विमानस्थललाई एडीबीको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनाउने काम अगाडी बढीसकेको जानकारी दिए ।
नेपाल ट्रेकिङ एजेन्सीज एसोसियसन”अफ नेपाल -टान”का नवनियुक्त अध्यक्ष रमेश धमलाले राजधानीमा रहेका नदीहरुको संरक्षण गर्ने घोषणा गरे । राजधानीमा बग्ने नदीहरुको संरक्षण गर्न १ हजार टे्रकिङ व्यवसायीहरुलाई उतार्ने उनले आश्वासन दिए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख सुभाष निरौलाले सबै पर्यटन व्यवसायीहरु नदीनालाको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । नेपालमा जल पर्यटनको राम्रो सम्भवना रहेको हुँदा विश्व पर्यटन दिवसमा राखिएको नारा नेपालका लागि लाभदायक हुने उनको भनाई थियो ।
दिवसको अवसर पारेर मिस शेर्पा २०१२ को बिजेता छिमी शेर्पा र जेष्ठ सगरमाथा आरोही मिन बहादुर शेरचनलाई सद्भवना दूतको सम्मान प्रदान गरिएको छ । त्यस्तै, पर्यटन बोर्डका साहसी गार्ड तुलसी पोखरेललाई पनि सम्मान गरियो ।सोही अवसरमा टिम्स कार्ड काउण्टर, हेल्प डेस्क इन्फरमेसन सेन्टर, ग्रेट वुद्धिष्ट ट्रेलको सार्वजनिक गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार