सानोठिमीमा औद्योगिक व्यापार मेला १७ गतेदेखि

२०७० आश्विन १४ गते, सोमबार

काठमाडौं, १४ असोज । स्थानिय पर्यटकिय तथा कला संस्कृतीको जगेर्ना गर्न तथा प्रबद्र्धन गर्न भक्तपुर औद्योगिक व्यापार मेला २०७० यहि असोज १७ गतेदेखि आयोजना हुने भएको छ ।भक्तपुर उद्योग बाणिज्य संघ र नेपाल चीन उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा मध्यपुर नगरपालिकाको सानोठिमीमा उक्त व्यापार मेला आयोजना हुन लागेको हो ।मेलामा हस्तकलाका उत्पादनहरु, सुचना प्रविधी, विद्युतिय सामाग्री, शैक्षिक सामाग्री, कृषि उत्पादन, फर्निचरलगायतका सामाग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिने छ । असोज १७ गतेदेखि शुरु हुने मेलामा नेवारी र अन्य खानाका स्टलहरु समेत राखिने आयोजकले जानकारी दिएको छ ।मेलामा दक्षिण एशियाली मुलुक पाकिस्तान, भुटान, बंगलादेशलगायतका मुलुकका उत्पादनहरुको समेत स्टल रहने आयोजकले जनाएको छ ।मेलामा कुल १ सय ३२ स्टल राखिने छन भने करिब २० करोड रुपैंया बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।मेला प्रवेश शुल्क ३० रुपैंया तोकिएको छ भने मेला अवधिभर उक्त स्थानमा जानको लागि सवारी साधन भाडादरमा २ रुपैंया छुट दिईने मेला आयोजकले जनाएको छ । असोज २१ गतेसम्म आयोजना हुने मेलालाई कोकाकोलाले प्रयोजन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार