बाघको गणना सुरुबाघको गणना सुरु
काठमाडौ । बाघको संख्या बढाई संरक्षणको दीर्घकालीन योजना कार्यान्वयन गर्न चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको पाटे बाघको गणना सुरु गरिएको छ । निकुञ्जलाई विभिन्न क्षेत्रमा छुट्याएर गणना थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत फणिन्द्र खरेलले जानकारी दिए । उनका अनुसार निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत् त्रिवेणी क्षेत्रबाट पहिलो गणना कार्य थालिएको छ । गणनामा १६० वटा अत्याधुनिक प्रविधिको क्यामेरा जडान गरिएको र दुई दर्जनभन्दा बढी प्रविधिज्ञ परिचालन गरिएको छ । क्यामेरा ट्रापिङ र पाइलाको अनुगमन गरेर सुरु गरिएको गणनामा एक दर्जन हात्तीसमेत परिचालन गरिएको निकुञ्जले जनाएको छ । एउटा ब्लकमा १५ दिनसम्म क्यामेरा राखेर गणना गरिने र त्यसपछि अर्के स्थानमा जाने भएकाले फिल्डको काम सकिन नै झण्डै तीन महिना लाग्ने अधिकृत खरेलले जानकारी दिए । नेपालमा सबैभन्दा बढी बाघ चितवन निकुञ्जमा रहेको छ । सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने नीतिअनुरुप विश्वमा बाघ संरक्षणका नया कार्यक्रमहरु आइरहेका छन् । अहिले विश्वभर नै एकैसाथ बाघको गणना भइरहेको संरक्षणकर्मीहरुले बताएका छन् । गणनाका क्रममा बाघसहित आहारा प्रजातिको समेत अनुगमन गरिने भएको छ । बाघ, आहारा प्रजाति र उनीहरुको बासस्थान विनास भइरहेकाले जङ्गलक्षेत्रलाई जोगाउनु मुख्य चुनौती भएको छ । चितवन निकुञ्जमा सन् २०१० को गणनामा बाघको संख्या १२५ रहेको पाइएको थियो । सबैभन्दा कम चार वटामात्र बाघ रहेको पर्सा वन्यजन्तु आरक्ष बाघ बढाउन सकिने सम्भावित स्थान मानिन्छ । चितवन निकुञ्जको एक हजार २०० वर्ग किलोमिटर क्षेत्रलाई बाघको राम्रो बासस्थान बनाउने पहल जारी रहेको निकुन्जले जनाएको छ ।