ठग ट्याक्सी चालकको लाइसेन्समा प्वाल पार्ने अभियान सुरुठग ट्याक्सी चालकको लाइसेन्समा प्वाल पार्ने अभियान सुरु
काठमाडौ । तोकिएको भाडादरभन्दा बढी रकम यात्रुसाग लिएर ठगी गर्ने ट्याक्सी चालकको चालक अनुमतिपत्रमा ट्राफिक प्रहरीले प्वाल पार्ने अभियान सुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागुन १५ गतेबाट सुरु गरेको सो अभियानअन्तर्गत बा१ज ५१८० नम्बरका चालक जीवन तामाङ र बा१ज ६९३८ नम्बरका चालक रङध्वज तामाङको सवारी चालक अनुमतिपत्रमा प्वाल पारेर कारबाही अभियान सुरु गरेको हो । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता पवन गिरीले सर्वसाधारणलाई सेवाको नाममा ठगी गर्दै आएका ट्याक्सीका चालकहरुलाई मिटर जफत तथा रकम जरीवाना सागसागै निजहरुको सवारी चालक अनुमतिपत्रमा समेत मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको जस्तै प्वाल पार्न थालिएको बताए । गत पुस मसान्तबाट जनगुनासोको आधारमा सुरु गरिएको ट्याक्सी कारबाहीमा हालसम्म महाशाखाले ९१७ वटा ट्याक्सीलाई पक्राउ गरी कारबाही गरेको छ । जसमध्ये कल फास्ट गरेर मिटर चलाउने, मिटरको सिल तोडेर चलाउने र मिटर बिगारी चलाउने ५११ वटा ट्याक्सीलाई कारबाहीका लागि नापतौल तथा गुणस्तर विभाग बालाजु पठाइएकोमा विभागले १२ वटा ट्याक्सीका मिटर जफत गरी अन्यलाई जरीवाना गरी छाडेको छ ।