पार्किङ क्षेत्र थपिदैपार्किङ क्षेत्र थपिदै
काठमाडौ । आगामी वैशाखदेखि पार्किङको राजस्व शुल्क साविकको भन्दा दोब्बरले वृद्धि हुने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी वैशाखदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र पार्किङ क्षेत्र थप गर्नका साथै पार्किङको राजस्व शुल्क साविकको भन्दा दोब्बरले वृद्धि गर्ने जनाएको छ । पार्किङ क्षेत्र भाडामा लिने व्यवसायीले वैशाखदेखि अहिलेको भन्दा दोब्बर राजस्व तिर्नुपर्ने भएको छ, तर सवारीधनीले भने दोब्बर दस्तुर तिर्नुपर्नेछैन । क्षेत्र बढेको तथा टेन्डर पनि वैज्ञानिक पद्धतिबाट गरिने भएकाले अब हालको भन्दा राजस्वमा दोब्बर हुने महानगरपालिकाले जनाएको छ । यसअघिको पार्किङ तथा अन्य शुल्क व्यवस्थित र वैज्ञानिक नभएको भन्दै महानगरपालिकाले एक समिति गठन गरी पार्किङ क्षेत्र अनुगमन गरेको थियो । अनुगमनपछि पार्किङ क्षेत्र विस्तार र राजस्व शुल्क बढाउने निर्णय गरेको महानगरपालिका वरिष्ठ लेखा अधिकृत नवराज ढकालले बताए । ‘समिति नै गठन गरी आवश्यक अध्ययनपश्चात् शुल्क र पार्किङ क्षेत्र तोकिएको हो,’ ढकालले भने । उनका अनुसार यसअघि महानगरपालिकाले हचुवाका भरमा राजस्व शुल्क तोक्दै आएको थियो । महानगरपालिकाले हाल बढी चहलपहल हुने विभिन्न १० क्षेत्रमा ४५ देखि ५० स्थानमा पार्किङ क्षेत्र तोकेको छ । गत साता महानगरपालिकाले १० क्षेत्रमा स्थान, दिशा र लेनलगायतको जानकारीसहित बोलपत्र आहृवान गरिसकेको छ । महानगरपालिकाले १ नम्बर पार्किङ क्षेत्रमा नयाा बानेश्वर, केएमसी अस्पताल, एयरपोर्टगेट, कोटेश्वर र तीनकुने तोकेको छ भने क्षेत्र नम्बर २ अन्तर्गत मेडिकेयर अस्पताल, बौद्ध र चाबहिल क्षेत्र तथा ३ नम्बरमा महाराजगन्ज, सामाखुसी र हिमालय जावा क्याफे, ४ नम्बर क्षेत्रमा दरबारमार्ग सरस्वती मार्ग र विणा मार्ग क्षेत्र नम्बर ५ मा प्रज्ञाभवन, कमलादी, शंकरदेव क्याम्पस, पुतलीसडक र पद्मकन्या क्याम्पसमा तोकिएको छ । न्युरोड क्षेत्रका लागि ६ नम्बरअन्तर्गत प्युखा, शुक्रपथ, महाबौद्ध, जमल भोटाहिटी क्षेत्र नम्बर ७ मा खिचापोखरी पशुपति प्लाजा, संकटा, सुन्धारा धरहरा, क्षेत्र नम्बर ८ मा पिपलबोट, पाको, रणमुक्तेश्वर, धर्मपथ, वसन्तपुर, मरु प्याफल, ९ मा सुरज आर्केड, ताम्राकार प्लाजा र तारणी बहाल १० मा खुला मञ्च र रानीपोखरी, कालीमाटी पेट्रोल पम्प र कलंकी मालपोत कार्यालय अगाडि तोकिएको छ । प्रत्येक क्षेत्रवाट महानगरपालिकाले वाषिर्क न्यूनतम ६ लाखदेखि अधिकतम ५२ लाखसम्म पार्किङ राजस्व उठाउने लक्ष्य राखेको ढकालले जानकारी दिए । उनका अनुसार बोलपत्र आहृवान गरिसकेकोले आगामी वैशाखदेखि यो नियम लागू हुनेछ ।