अखिल क्रान्तिकारी कालिकोटको चौधौं सम्मेलन सम्पन्न

२०७९ पुष ३ गते, आईतवार


काठमाडौँ । अखिल क्रान्तिकारी कालिकोटको १४ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका बैकल्पिक केन्द्रिय सदस्य नरेन्द्र सी ले औपचारिक रुपमा उद्वघाटन गरेका हुन।
जिल्लाको रास्कोट स्थिति आरसिपी बजारमा शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र सी ले शिक्षा क्षेत्रका बिकृती र बिसङ्गतीबिरुद्ध लड्दै अखिल क्रान्तिकारीको जन्म भएको र अब पनि बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना नगरेसम्म आफुहरु निरन्तर संघर्षको यात्रामा रहने बताएका छ्न। बृहत शैक्षिक र्याली सहित शुरु भएको अखिल क्रान्तिकारी कालिकोटको १४ औ सम्मेलन, आयोजक समिति संयोजक तपेन्द्र ऐडीको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रममा नेकपा केन्द्रिय सदस्यहरू बिराट सी,रणदीप सी, जिल्ला सेक्रेटरी साहासी सी, महिला नेतृ शान्ति सी, अखिल क्रान्तिकारी कोषाध्यक्ष प्रतिमा सी र युवा संगठन नेपालका जिल्ला अध्यक्ष मिनेश सी लगाएत नेकपा कालिकोटका जिल्ला स्तरीय नेताहरुको सहभागिता रहेको थियो।
जिल्ला सम्मेलनको उद्वघाटन शत्रमा अतिथिहरु पृतिमा , शान्ति , साहासी, रणदीप र बिराटले सम्मेलनको भव्य सफलताको शुभकामना दिदै नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच भएको तीन बुदे सहमति लागु हुनु पर्ने अन्यथा अत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुने भन्दै कडा चेतावनी दिएका छन।
शनिबार बाट शुरु भएको सम्मेलनको उदघाटन शत्र सकिए लगत्तै आजैबाट बन्द शत्रबाट हस्त सि को नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको जानकारी श्रोतले दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

छात्रालाई आत्मरक्षा तालिम !

२०८३ आश्विन १३ गते, मंगलवार

विश्व मुटु दिवस मनाइँदै

२०८३ आश्विन १३ गते, मंगलवार

बृहत् पुस्तक प्रदर्शनी सुरु

२०८३ आश्विन ९ गते, शुक्रबार