‘एकीकृत जनक्रान्तिको कार्यभार पुरा गरौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सी ले बर्तमन दलाल व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबादी व्यवस्था निर्माणका लागि पार्टी नेता कार्यकर्ताले हरदम पहल र मेहनत गर्नु पर्ने र जनआधारित पार्टी निर्माण गर्दै एकीकृत क्रान्तिको कार्यभार पुरा गर्नुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली ब्युरो ईन्चार्ज संगम सी को अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सी र बाके सेक्रेटरी कल्पना सी ले जिल्लागत रिपोर्ट राखेका थिए भने कार्यक्रममा पोलिट ब्युरो सदस्य असल सी , केन्द्रीय सदस्य एबं कर्णाली मुक्ती मोर्चा संयोजक बिराट सी , नेकपा केन्द्रिय प्रतिनिधि समिती सदस्य ध्रबेन्द्र सी को समेत उपस्थित रहेको कुरा नेकपा बाकेका इन्चार्ज रणदिप सी ले जानकारी दिएका छन। प्रशिक्षण कार्यक्रममा हिरासतबाट हालै रिहा हुनु भएका ध्रबेज्द्र र डिल्ली सी लाई अभिनन्दन गरिएको थियो भने कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य एबं बाँके जिल्ला ईन्चार्ज रणदिपले गरेको बताइएको छ।
नेकपाको नवौं महाधिवेशन पछि भएको केन्द्रिय समितिको तेस्रो बैठकद्वारा पारित आवधिक योजनाका लक्ष्य र योजनाको भावलाई पार्टीका तल्ला कमिटीहरुमा सम्प्रेषण गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।
