‘ नेपाललाई दलाल पूँजीवादी सत्ताबाट मुक्त गराइ छोड्छौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाललाई दलाल पूँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभूत्व र उत्पीडनबाट मुक्त गराइ छोड्ने अठोट गर्दै पूँजीवादीहरुले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने बताएको छ । सो पार्टीका महासचिव विप्लवले २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् ।
महासचिव विप्लवले नेपालले अहिले सामना गरिरहेको आर्थिक, राजनीतिक संकटको उचित निकास दिन देशका सम्पुर्ण वामपन्थी, कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने बताएका छन । उनले जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गरेको तर नयाँ जनवाद हुँदै समाजवादमा अगाडि बढ्ने क्रममा भुमण्डलिकृत पुजिवाद, दलाल पुजिवाद र संशोधनवादको षडयन्त्रका कारण आफ्नो त्यो लक्ष्य हासिल हुन नसकेको भन्दै विज्ञप्तीमा भनेका छन्: “जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो, किसान, मजदुर, महिला, श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुस्लिम, सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्यो र एक स्तरको मुक्ति दिलायो। हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादमा अगाडि बढ्न चाहन्थ्यौँ तर भुमण्डलिकृत पुजीवाद, दलाल पुजिवाद र संशाेधनवादका षडयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पूरा हुन पाएन ।”
महासचिव विपलवले जनयुद्ध दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा शहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ताहरुप्रति स्मरण, घाइतेहरुप्रति सम्मान र बन्दीहरुको रिहाइको मागसहित शुभकामना दिदै भनेका छन्: जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व हो । यस सुखद अवसरमा हामी हजारौं-हजार शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै बेपत्ता योद्दाहरुप्रति स्मरण र सम्मान व्यक्त गर्दछौँ । सम्पूर्ण घाइतेहरूलाई सम्मान र अभिवादन गर्दछौँ।आदरणीय शहिद परिवारप्रति भावपूर्ण समवेदना व्यक्त गर्दछौँ । बन्दी कमरेडहरुलाई सम्मान गर्दै यथाशीघ्र मुक्त गर्न माग गर्दछौँ । जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण श्रमिक जनता, नेता कार्यकर्ताका बीचमा शुभकामना व्यक्त गर्न चाहन्छु ।”
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्ती यस प्रकार रहेको छ –
