नेप्से परिसूचक १६.९६ अंकले घट्यो

काठमाडौँ । नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा नागरिक लगानी कोषको अग्रिम स्थानमा छ। यसको आज ५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : हिमालयन डिस्टिलरी र एनआईसी एशिया बैंकको कारोबार भएको छ।
आजको कारोबारमा १३ वटै उपसूचकमध्ये व्यापार उपसूचक बाहेक सबै उपसूचक घटेको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र नागरिक लगानी कोषका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, राष्ट्रिय उत्थान लघुवित्त र दोर्दी खोला जलबिद्युतका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।