उदयपुर सिमेन्ट उद्योगको विद्युत काटियो

२०८० जेष्ठ १ गते, सोमबार


काठमाडौँ । विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि उदयपुर सिमेन्ट उद्योगको विद्युत काटिएको छ। नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला विद्युत काटिएपछि उद्योग सञ्चालन नै अन्यौलमा परेको छ। उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतबारबाट बिजुली काटनु परेको जानकारी दिए। उनले भने – ‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहँदै आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौं। तर, पूर्णरूपमा विधुतलाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौं। ‘

प्रतिक्रियाहरु

[anycomment]