नेपाली बैंकमा चिनियाँ नागरिकको करोड भन्दा धेरै रकम !

२०८० जेष्ठ ३० गते, मंगलवार


काठमाडौँ । अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। छेङवेन जेठ २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित पक्राउ परेका थिए । ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत क्वालालम्पुर जान लागेका उनको साथबाट विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो। अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यान्ड बागेज चेकिङ गर्दा ९ लाख ८ हजार नेपाली रुपैयाँ, ४० लाख ५० हजार भियतनामिज दोङ, २ लाख ५० हजार लाओथियन किप, एक लाख १३ हजार ९५० थाइ भाट ५ हजार क्यानेडियन रियल, ७ हजार ८ सय ४० भारतीय रुपैयाँ, २ हजार अमेरिकन डलर, २४२ सिंगापुर डलर, ३५१ मलेसियन रिंगिट, २१ चिनियाँ युयान फेला परेको थियो। जुन रकम नेपालबाट विदेश लान अवैध मानिएको थियो।
प्रहरीले लाखौं अवैध विदेशी मुद्रा बोकेर मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको उनलाई थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

४७५ किलो गाँजासहित २ जना पक्राउ

२०८२ आश्विन १ गते, बुधबार

बैंकको ब्याजदर घट्यो

२०८२ भाद्र ३१ गते, मंगलवार