‘अर्को बर्ष ५ सय बिघा जमिनमा धान रोप्छौ'(भिडियोसहित )

२०८० असार १६ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आफ्नो पार्टीको उत्पादन अभियानमा यदि राज्यले सहयोग गर्छ भने अर्को बर्ष ५सय बिघा जमिनमा धान उत्पादन गर्ने बताएका छन। शुक्रबार कपिलवस्तुमा इन्द्रेणी कलाकारको टिमसंग धान रोप्दै गर्दा कलाकार कृष्ण कडेलले सोधेको प्रश्नको जवाफ दिदै आफ्नो पार्टी आत्मनिर्भर अर्थतन्त्र ,आत्मनिर्भर पार्टी र आत्मनिर्भर जनता बनाउने अभियानमा लागेको बताए। उनले कृषि बिनाको राजनीति असम्भव भएको भन्देै राजनीतिको केन्द्रमा जनता हुनपर्ने र जनताको केन्दमा अर्थतन्त्र हुनु पर्ने बताए।

महासचिव विप्लव सी ले भने “कृषि भनेको आमा हो, आमालाई जसले विश्वास गर्छ उ कहिलै असफल हुँदैन।हामी जनताको जीवनमा रमाउन चाहान्छौ।जनताको जीवन बदल्न चाहान्छौ जनताको जिबनलाई नबदलेसम्म कुनै औचित्य छैन, हरेक नेताकार्यकर्ता उत्पादनमा जोडिन पर्छ भन्ने पार्टीको नीति छ।आत्मनिर्भर अर्थतन्त्र,आत्मनिर्भर पार्टी भनेर अगाडी बढेका छौ।”
महासचिव विप्लव सी ले देशलाई आत्मनिर्भर बनाउन सकियो भने संसारमा नेपालीहरुले शिर झुकाउन नपर्ने बताए। बाहिरबाट आउने बिषादी तरकारीबारे के भन्नु हुन्छ भन्ने प्रश्नको जवाफमा महासचिव विप्लव सी ले भने ” नेपालको उत्पादनमा राज्यले प्रवर्द्धन गर्नुपर्छ,बिषादी तरकारी भारतले ल्याएर नागरिक मार्ने काम बन्द गर्नुपर्छ।नेपालकै तरकारी, भात खानु पर्छ।हाम्रा पुर्खाहरुले आफै गर्न सक्ने, हामिले गर्न नसक्ने ? उनले भने ” हामी आधुनिक मान्छे हो।दुई छाक बाच्नको लागि मरुभुमि जान पर्दैन।यहि रो्प्नु पर्छ, यहिबाट देशलाई बनाउनु पर्छ।”
महासचिव विप्लव सी ले आफ्नो पार्टीले देशलाई आत्मनिर्भर बनाउने चाहना राखेकाले त्यो चाहाना पुरा गर्न राष्ट्रिय पुँजीपति ,कलाकार ,बुद्धिजीवी ,साहित्यकार,सबैसंग सहकार्य गर्न तयार रहेको बताए।- मनबहादुर सहकारी

प्रतिक्रियाहरु

[anycomment]