पाँच कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। सिटिजन लाइफ इन्स्योरेन्सले १०० अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियर थप गरेर प्रतिकित्ता २४४ रुपैयाँमा आइपीओ जारीको स्वीकृति पाएको हो । कम्पनीले १ करोड २५ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।
यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँमा आइपीओ जारी गर्नेछ। कम्पनीले ९६ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।
मान्डु हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ बिक्रीमा ल्याउने भएको छ। कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ जारी गर्ने भएको हो।
यस्तै, मिड–सोलु हाइड्रोपावरले १ सय रुपैयाँ अंकित मूल्यमा १४ लाख ९६ हजार ८०० कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन्। हाथवे इन्भेस्टमेन्ट नेपाललाई पनि ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।