नेपाल टेलिकमद्वारा ‘अटम अफर’

२०८० आश्विन २६ गते, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई अटम अफर उपलब्ध गराएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न भ्वाइस, डेटा तथा एसएमएस सम्बन्धी अफर दिएकाे छ । अटम अफरमा ​अनलिमिटेड अन–नेट भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अल टाइम डेटा प्याक, ​सजिलो अनलिमिटेड ६३६ प्याकेज (प्रिपेड) लगायतका सुविधा छन् ।
अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत रु. १३ मा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा अनलमिटिड भ्वाइस कल गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत रु. १३ मा बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ ।
यसैगरी, अल नेट भ्वाइस प्याक अन्तर्गत रु. १८ मा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
यसैगरी अल टाइम डेटा प्याक अन्तर्गत रु. ९५ मा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डेटा उपलब्ध हुनेछ ।
त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डेटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुने टेलिकले जनाएकाे छ ।
टेलिकमले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराको छ ।
यस अनुसार रु. ६३६ मा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डेटासहितको प्याकेज उपलब्ध हुनेछ र सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।
यसैगई, टेलिकमका सेवाग्राहीलाई ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउँदा १ जीबी डेटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डेटा तीन दिनसम्म प्रयोग गर्न सकिने छ ।
अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले 14151# डायल गर्नुपर्ने छ । साथै कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार