डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु

२०८० कार्तिक १६ गते, बिहीबार


काठमाडौँ । भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएको बताइएको छ ।
बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए । “बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुङ्गा पल्टियो, दुई जनाको शव निकालेका छौँ र हराइरहेका सात जनाको खोजी भइरहेको छ”, सारणका जिल्ला अधिकारी अमन समिरले भने, “पौडी खेलेर बचेका १० जना सुरक्षित छन् ।”
डुङ्गा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]