शेख हसिनाको परिवारको सम्पत्ति जफत !

२०८१ फाल्गुन २८ गते, बुधबार

काठमाडौँ । बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने अदालतले आदेश दिएको छ। अदालतले शेख हसिनाका पति स्वर्गीय आणविक वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको सुदासाधन सम्पत्ति जफत गर्न निर्देशन दिएको हो ।
अदालतले शेख हसिनाको परिवारका १२४ वटा बैंक खाता रोक्का गर्न आदेश दिएको छ, जसमा करिब ६ अर्ब बंगलादेशी टाका रहेको बताइएको छ। यो आदेश भ्रष्टाचार निवारण आयोग (एसीसी) को याचिकाका आधारमा जारी गरिएको हो।
यस आदेशअनुसार शेख हसिनाका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना, तथा उनका छोरीहरू ट्युलिप सिद्दीकी र रदवान मुजीबुर सिद्दीकी को सम्पत्ति पनि जफत गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार