प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुँदै

२०८३ कार्तिक १८ गते, बुधबार


काठमाडौँ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आजदेखि हुँदैछ। उक्त अधिवेशनको उद्घाटन नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ।
अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। अधिवेशनले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
त्यस्तै, अधिवेशनको समापन समारोहलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रियाहरु

[anycomment]