महिन्द्रा गाडीको सर्भिसिङ सेन्टरमा भीषण आगलागी

काठमाडौं । महिन्द्रा गाडीको ललितपुरको कुपण्डोलस्थित सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । […]
२०७९ चैत्र २० गते, सोमबार