स्वास्थ्य / शिक्षा

सीता बचाउ अभियानमा ४० लाख

काठमाडौं, २० माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारार्थ करिब रु ४० लाख सहयोग जुटेको छ । बोनम्यारो र रक्तक्यान्सरको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीबाट उक्त आर्थिक सहयोग संकलन भएको हो । सीता बचाउ अभियानका सदस्य हरि भण्डारीले क्षेत्रीको […]

२०७३ माघ २० गते, बिहीबार

भूतपूर्व सैनिक सम्मेलन हुदै

काठमाडौँ, २० माघ । भूतपूर्व सैनिक सम्मेलन धनगढीस्थित तेघारी ब्यारेकमा शुक्रबार हुने भएको छ । सम्मेलनमा सुदूरपश्चिम क्षेत्रका नौ जिल्लाका करिब दुई हजारको सङ्ख्यामा भूपू सेनाका एकल महिला र आश्रित परिवारले भाग लिने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले कल्याणकारी योजनालाई भूपू सैनिक र तिनका आश्रित परिवारको घरदैलोसम्म पु¥याएर सेवालाई प्रभावकारी तुल्याउन पाँचवटै विकास […]

२०७३ माघ २० गते, बिहीबार

केयुमा पठन-पाठन ठप्प

काठमाडौं, १९ माघ । काठमाडौं विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठन–पाठन प्रभावित भएको छ । विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो । विश्वविद्यालयका रजिष्टार डा. भोला थापाले तालाबन्दीका कारण पठन–पाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता जारी रहेको बताए […]

२०७३ माघ १९ गते, बुधबार

‘स्ववियु निर्वाचन कार्यतालिका परिवर्तन गर्न माग’

काठमाडौं, १९ माघ । नेकपा ( माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्नो पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनसँग जुझ्न गएको भन्दै स्ववियु निर्वाचनको कार्यतालिकामा पुनः विचार गर्न माग गरेको छ । त्रिभुवन विवविद्यालयले आउदो फागुन १ गते मतदाता सूचि प्रकाशन गर्ने,३ गते सूचि उपर दावि विरोध गर्ने,४ र ५ गते उम्मेदारको मनोनयन वितरण गर्ने,उम्मेदारको नाम प्रकाशन गर्ने, ६ […]

२०७३ माघ १९ गते, बुधबार

संसदमा बेहोस भएका सांसदको निधन

काठमाडौं, १९ माघ । संसदको संयुक्त अधिवेशन चलिरहेकै समयमा अचानक बेहोस भएर ढलेका एक सांसदको निधन भएको छ । भारतको पूर्व विदेशराज्यमन्त्री समेत रहेका सांसद ई अहमदको दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा बुधबार बिहानै निधन भएको हो । ७८ वर्षीय ई अहमद केलरको मल्लापुरम सीटबाट लोकसभा सदस्य निर्वाचित भएका थिए । मंगलबार संसदको संयुक्त बैठकलाई […]

२०७३ माघ १९ गते, बुधबार

भारतीय अन्डा अवैध रुपमा भित्रिदै, बर्ड फ्लुको सन्त्रास

काठमाडाैँ, १७ माघ । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ । बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु-याउने गरेका छन् । बाराको फेटा बजारमा यस्तै भारतीय […]

२०७३ माघ १७ गते, सोमबार

कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक

काठमाडौं, १६ माघ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको सूचनाका अनुसार कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुनेछ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुनेछ । कक्षा ११को परीक्षा जेठ तीन गतेसम्म सञ्चालन हुनेछ […]

२०७३ माघ १६ गते, आईतवार

वसन्त श्रवणको साइत बुधबार बिहान ११ः३५ बजे

काठमाडौँ, १५ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्ने साइत बिहान ११ः३५ बजे तोकिएको जनाएको छ । यसै साइतमा अक्षराम्भ, नाक कान छेड्ने तथा वाद्यवादनको सिकाइ सुरु गर्नु उपयुक्त मानिएको छ । श्रीपञ्चमी माघ १९ गते बुधबारका दिन परेको छ । हनुमानढोका दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार यसै साइतमा हनुमानढोका दरबारको […]

२०७३ माघ १५ गते, शनिबार

‘पेइङ’ सेवाबाट ६ महिनामा ६ करोड रुपैयाँ आम्दानी

काठमाडौं, १३ माघ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले चालु आर्थिक वर्षको ६ महिनामा ‘पेइङ सेवा’बाट रु ६ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए । यो रकम यो वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ । अस्पतालमा आएमा बिरामी हेर्ने […]

२०७३ माघ १३ गते, बिहीबार

शैक्षिकस्तर सुधारका लागि २१ बुँदे सम्झौता

काठमाण्डौं , १० माघ । शैक्षिक उपलब्धिका दृष्टिले उत्कृष्ट जिल्लाको रुपमा रहेको भक्तपुरको शैक्षिकस्तरमा थप सुधार गर्न भन्दै जिल्लाका सरकारी सामुदायिक विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच एक सम्झौता भएको छ । सरकारी विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धि सुधारका लागि जिशिअ र प्रअहरूबीच २१ बुँदे कार्य सम्पादन सम्झौता भएको हो । शैक्षिक सत्र २०७३ […]

२०७३ माघ १० गते, सोमबार