मुख्य समाचार

चर्चित जनसंस्कृतिकर्मी माइला लामा गिरफ्तार

काठमाडौं, ५ साउन । नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनका सबभन्दा प्रभावशाली समकालीन हस्तीहरुमध्येका एक माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज रहेका भनिएका माइलालाई शनिबार मध्यराति साढे बाह्र बजे उनी बसेको कोटेश्वर काँडाघारीस्थित घरलाई सशस्त्र सुरक्षा फौजले पूरै घेरा हालेर पक्राउ गरेको हो । दसवर्षे जनयुद्धको थालनी हुनुभन्दा केही वर्ष अघिदेखि […]

२०७६ श्रावण ५ गते, आईतवार

बिस्फोटनमा सहादत भएका ‘राजेश’ लाई शहिद घोषणा

काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टीले आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ बिस्फोटन हुदा सहादत भएका रामबहादुर सिंह ‘राजेश’ लाई शहिद घोषणा गरेको छ । हिजो साँझ कैलालीको धनगढी उपमहानगरपालिका ३ शहीद गेटमा भएको सो घटनामा परि ‘राजेश’को मृत्यु भएको थियो भने अन्य सर्बसाधारण घाइते भएका थिए । घाइते हुने सर्बसाधारणमा कञ्चनपुरको बेलौरी ५ का […]

२०७६ श्रावण ३ गते, शुक्रबार

सरकारी गाडीमाथि प्रतिबन्ध !

काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टीले यहि मंगलबार ( साउन ७ गते )देखि सेतो नम्बर प्लेट (सरकारी गाडी)का सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सो पार्टीका मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति जारी गर्दै मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा […]

२०७६ श्रावण ३ गते, शुक्रबार

‘दमनको हतियार नकाम भएपछी वार्ताको झुट खेति’

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको हतियार नकाम भएपछी वार्ताको झुट खेति मच्याएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको एकपछि अर्को हत्या गर्दै आएको सरकारले ति फेक इन्काउन्टर माथि पर्दा हाल्न वार्ताको हल्ला चलाएको बताएको छ । स्रोतका अनुसार पछिल्लो समय बिभिन्न ठाउमा नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेतासंग वार्ता […]

२०७६ असार ३१ गते, मंगलवार

ने.क.पा. कास्कीका चार नेता अदालत परिसरबाट पक्राउ

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट पुन पक्राउ परेका छन् । पुन पक्राउ पर्ने नेताहरुमा रोल्पा घर भै ने.क.पा. कास्कीका तात्कालिन सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’ तथा ने.क.पा. कास्कीका तात्कालिन सदस्यहरु कास्कीका सन्तोष परियार ‘परिवर्तन’, भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङ रहेका छन् । राजद्रोह मुद्दामा […]

२०७६ असार ३१ गते, मंगलवार

‘ बाढी पहिरो पीडितको उद्दारमा जुटौ ‘

काठमाडौं, २९ असार । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन दिएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार विज्ञप्ति मार्फत देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई राहत […]

२०७६ असार २९ गते, आईतवार

नेकपाका मेची–कोशी व्युरो सदस्य सिलवाल गिरफ्तार, तत्काल रिहा नगरे जनप्रतिरोध

काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरो सदस्य डिबी सिलवाललाई पहरीले गिरफ्तार गरेको छ । इटहरीको हलगडाबाट उनलाई गिरफ्तार गरेको जनाईएको छ । बाटोमा हिडिरहेको अवस्थामा उनलाई बिहिवार प्रहरीले गिरफ्तार गरेको बताईएको छ । यता ने.क.पा.ले नेता सिलवाललाई तत्काल रिहा गर्न माग गरेको छ । ने.क.पा. मेची–कोशी व्युरो इन्चार्ज अनुले शुक्रबार विज्ञप्ति जारी […]

२०७६ असार २८ गते, शनिबार

प्रशान्तलाई सहिद घोषणा : सहिदको सपना खेर जान नदिने प्रण

काठमाडाैं, २६ असार । नेपाल कम्युनिस्ट पार्टीले तिर्थराजका हत्यारा प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार सदस्य निरकुमार राई ‘प्रशान्त’को सहादत भएको बताएको छ । उसले प्रशान्तलाई महान् सहिद घोषणा गर्दै उंनको सपना खेर जान नदिने प्रण समेत गरेको छ । नेकपा सगरमाथा व्युरो इन्चार्ज अधिकारले विज्ञप्ति जारी गर्दै मृतक संजिव राईको टोली नै […]

२०७६ असार २६ गते, बिहीबार

सर्वोच्च अदालतको फैसला आपत्तिजनक

काठमाडाैं, २५ असार । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएकाे छ । साे पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर […]

२०७६ असार २६ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा विषादीयुक्त सामग्रीहरु बिक्रीवितरण रोक्न चेतावनी

काठमाडौं, २५ असार । अखिल क्रान्तिकारीले जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु भित्राउन दिने सरकारको निर्णयको घोर भ्रत्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरजीबी ढकालले विज्ञाप्ति जारी गर्दै सो भ्रत्सना गरेका हुन् । अध्यक्ष ढकालले सरकारको यस्तो कदम बिरुद्ध सबै सचेत नागरिकलाई संघर्षमा उत्रन […]

२०७६ असार २५ गते, बुधबार