मुख्य समाचार

‘कञ्चनपुर घटनामा गृहमन्त्री रामबहादुर थापाको ठुलो कमजोरी’

काठमाण्डौ, ९ भदौ । नयाँ शक्तिका संयोजक एबम् पुर्ब प्रधानमन्त्री बाबुराम भट्टाराइले कञ्चनपुर घटनामा गृहमन्त्री राम बहादुर थापाको ठुलो कमजोरी देखिएको बताएका छन् । उनले कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय किशोर सनी खुनाको मृत्यु भएकोमा भत्सर्ना गरेको बताए। नयाँ शक्तिको प्रचार विभागले आज जारी गरेको विज्ञप्तिमा बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले […]

२०७५ भाद्र ९ गते, शनिबार

प्रकाण्डलाई रिहा गराउन बन्दीप्रत्यक्षीकरणको रिट

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गैह्र कानुनी हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा फेरि बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । प्रकाण्डका भार्इ विरेन्द्र विश्वकर्माले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यस अघि सर्वोच्चले प्रकाण्डका विषयमा दुई पटकसम्म बन्दीप्रत्यक्षीकरणको रिट जारी गरिसकेको छ। तर प्रहरीले सर्वोच्चले छोड्ने वित्तिकै उनलाई समाइरहेको छ।

२०७५ भाद्र ८ गते, शुक्रबार

प्रकाण्डलाई तीन दिनको म्याद थप

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई जिल्ला अदालत नुवाकोटले तीन दिनको म्याद थप गरेको छ । प्रवक्ता प्रकाण्डलाई बिहीबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्दामा छाड्न आदेश दिएलगत्तै पक्राउ गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी रातारात नुवाकोट पुर्याएको थियो ।

२०७५ भाद्र ८ गते, शुक्रबार

‘राज्य नेकपामाथि राजनीतिक प्रतिशोध साँध्दै छ ‘

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू राजनीतिक प्राणी भएको र सरकारमा बस्ने दलाल शासकहरुले आफ्नो दलाल र जनघाती सत्ता टिकाउन प्रतिशोध साधन आफूलगायत नेकपाका जिम्मेवार नेता कार्यकर्तामाथि संगठित अपराधको कसुर गरेको अभियोग लगाएको बताएका छन । क्रान्तिकारी पत्रकार संगठन नेपालका प्रतिनिधिहरुसँगको भेटमा प्रवक्ता प्रकाण्डले राज्यले नेकपामाथि राजनीतिक प्रतिशोध साँध्दै तिनका नेता-कार्यकर्तालाई […]

२०७५ भाद्र ८ गते, शुक्रबार

‘सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष ‘

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टी विरुद्ध सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन । महासचिव विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायमा यसप्रकारका गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान समेत गरेका छन् । महासचिव विप्लवले भदौ ५ गते आफ्नो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का […]

२०७५ भाद्र ८ गते, शुक्रबार

प्रकाण्ड सर्वाेच्चको गेटबाट पुनः पक्राउ ( भिडियोसहित )

काठमाडौँ , ७ भदौ । साउन २२ गतेदेखी गैरन्यायीक हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहाई गर्न सर्वाेच्चले आदेश दिएलगत्तै फेरी सर्वाेच्चको गेटमै पक्राउ गरेको छ । पक्राउ गरेर बालाजु पुर्याइएको खबर प्राप्त भएको छ । उनलाई फलो गर्नेहरुलाई समेत प्रहरीले धम्की दिएको थियो । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भनी […]

२०७५ भाद्र ७ गते, बिहीबार

प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई हुदै

काठमाडौँ , ७ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको रिहाई लागि सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई हुदैछ । सर्वोच्चकै आदेशमा भदौ १ गते रिहा भएका प्रवक्ता प्रकाण्डलाई सोही राति ९ बजे राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा राखेर कार्यालय लैजाँदै गर्दा काठमाडौं प्रहरीले जबर्जस्त गिरफ्तार गरेर सोही रातिदेखि काभ्रे सदरमुकाम धुलिखेल प्रहरी हिरासतमा […]

२०७५ भाद्र ७ गते, बिहीबार

नेकपा चार महिने जनजागरण अभियानमा

काठमाडौँ ,६ भदौ । नेपाल कम्युनिस्ट पार्टीले यही भदौ १ गतेबाट चार महिने एकीकृत जनजागरण अभियान शुरु गरेको छ । अभियान नेकपाको संगठानिक संरचना चारवटै कमाण्डमा एकैसाथ शुरु भएको छ । अभियानमा मुख्यगरी संगठनलाई देशव्यापी रुपमा सुदृढिकरण तथा विस्तार’लाई बनाइएको छ । नेकपाको साउनको पहिलो हप्ता सम्पन्न केन्द्रीय समितिको बैठकको म्यान्डेटअनुसार भदौं १ गते शुक्रबार […]

२०७५ भाद्र ६ गते, बुधबार

‘प्रकाण्डलाई ‘गिरफ्तार’ गर्दा शाहीकालको भन्दा नराम्रो व्यवहार भयो’

काठमाडौँ ,६ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ‘गिरफ्तार’ गर्दा सर्वोच्चको गेटमा शाहीकालको भन्दा नराम्रो व्यवहार भएको बताएका छन । उनले प्रकाण्डले आफ्नो मानव अधिकार हनन् हुन लागेको भनेपछि आफू सर्वोच्च अदालत पुगेको र प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगमा लिन चाहेका तर प्रहरीले शाही कालको भन्दा नराम्रो […]

२०७५ भाद्र ६ गते, बुधबार

‘नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले राजनीतिक व्यवहार गरोस्’

काठमाडौं, ५ भदौ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी राजनीतिक शक्ति भएकोले उसलाई राजनीतिक व्यवहार गर्न केपी–प्रचण्डसँग आग्रह गरेका छन् । सोमबार आफ्नो ट्वीटर पेजमार्फत धारणा सार्वजनिक गर्दै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेको नेकपालाई सरकारले राजनीतिक नभई पूर्वाग्रही र प्रतिशोधी भावनाले व्यवहार गरिरहेको औंल्याएका छन् । डा. […]

२०७५ भाद्र ५ गते, मंगलवार