मुख्य समाचार

प्रधानमन्त्रीको राजीनामाको माग

काठमाडौं,२० भदौ । सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद सिंहले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारका मन्त्रीहरुले संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरेका हुन् । ‘हाम्रो संविधानले पासपोर्ट बनाएपछि निर्वाध रुपमा विदेश जान पाउने अधिकार ग्यारेन्टी गरेको छ, तर एक युवा (लेलिन विष्ट)लाई सरकारबाट […]

२०७५ भाद्र २० गते, बुधबार

प्रकाण्ड पाचौ पटक गिरफ्तार

काठमाडौं , २० भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ । अदालतले रिहा गरेलगत्तै प्रकाण्डलाई पुनः पाचौ पटक गिरफ्तार गरिएको छ । उनलाई अदालतपरिसरवाटै गिरफ्तार गरि दाङ लैजाने तयारी गरिएको बुझिएको छ । सर्वोच्च अदालतले पटक–पटक थुनामुक्त गराउन आदेश दिएपनि नयाँ–नयाँ आरोपमा पक्राउ पर्दै आएका प्रकाण्डलाई पछिल्लोपटक […]

२०७५ भाद्र २० गते, बुधबार

प्रकाण्डलाई संचारकर्मीसँग भेट गर्न रोक , विमानस्थलको रन वेबाटै प्रहरी भ्यानमा राखेर लगियो

काठमाडौं, १९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई आज बिहान मोरङको विराटनगर पुर्याइएको छ । बिहान ११ बजे विराटनगर विमानस्थलमा आइपुगेका प्रकाण्डलाई संचारकर्मीसँग भेट गर्न दिइएन । डीएसपी निशान थापाको नेतृत्वमा रिसिभ गर्न पुगेको प्रहरीे टोलीले प्रकाण्डलाई यात्रु कक्षको बाटो छलेर रन वेबाटै नजिकैको सैनिक (ब्यारेक)को गेटबाट बाहिर लगेको थियो । पूर्वमन्त्री समेत रहेका […]

२०७५ भाद्र १९ गते, मंगलवार

सर्वोच्चको आदेशको उल्लङ्घन – प्रकाण्ड चौथो पटक गिरफ्तार, भोजपुर लगिदैँ

काठमाडौं,१९ भदौ । सर्वोच्च अदालतले रिहा गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई पुनः चौथो पटक गिरफ्तार गरिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार भएको बहसपछि सर्वोच्चले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएलगत्तै नुवाकोटबाट रिहा गरेको थियो । तर प्रहरीले सर्वोच्च अदालतको […]

२०७५ भाद्र १९ गते, मंगलवार

प्रकाण्डलाई रिहा गर्न आदेश

काठमाडौं , १८ भदौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशलाई पटक पटक अवज्ञा गरिएपछि उसले कडा आदेशसहित नेता प्रकाण्डलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले तेस्रो पटक नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिना शर्त रिहा तथा जिल्ला अदालतका न्यायाधीशको रोहवरमा रिहा गर्न आदेश […]

२०७५ भाद्र १८ गते, सोमबार

नेकपाका नेता भुजेल र केसीबिरुद्ध बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं , १७ भदाै । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई बिनाकारण सरकारले गैरकानूनी तरिकाले गिरफ्तार थुनामा राखेको भन्दै तत्काल थुनामुक्त गर्न माग राख्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । आइतबार दर्ता भएको उक्त रिट निवेदनमा दुवै नेतालाई तुरुन्त रिहाईको माग गरिएको छ […]

२०७५ भाद्र १८ गते, सोमबार

‘ठूलो घाउचोट नदेखिने तर अपांग हुनेगरी गहिरो यातना दिँदा रहेछन ‘

कालिकोटका हरिचन्द्र आचार्य ‘विमर्श’ नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता हुन् । उनी नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी साथै चालक समेत हुन् । नेकपा देशमा दलाल संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यसहित राजीतिक आन्दोलनमा छन् । त्यसैले उसले वर्तमान संसदीय व्यवस्थाले आयोजना गरेको स्थानीय, प्रदेश र संघीय चुनावमा […]

२०७५ भाद्र १७ गते, आईतवार

‘हामीले गणतन्त्रको नारा लगाएको बेला केपीहरु हाम्राविरुद्ध सुराकी गर्दै हिँड्थे ‘

काठमाडौं , १६ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिले देशमा प्रतिक्रान्ति भएको बताएका छन् । नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रवक्ता प्रकाण्ड अहिले सरकारको झुठा अभियोग खेप्दै नुवाकोट जिल्लाको सदरमुकाम विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा दिन बिताइरहेका छन् । सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै यही भदौ ७ गते साँझ सर्वोच्च परिसरबाट तेस्रो […]

२०७५ भाद्र १६ गते, शनिबार

गण्डकमा नेकपाको अभियान तीव्र

काठमाडौं , १६ भदौ । नेपाल कम्युनिस्ट पार्टीले गण्डकमा अभियान तीव्र बनाएको छ । सो पार्टीको केन्द्रीय कार्यक्रमअनुसार भदौ १ गतेदेखि सुरु भएको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ गण्डक ब्युरोमा पनि तीव्र भएको गण्डक ब्युरो सदस्य तथा तनहुँका इन्चार्ज उभारले जानकारी दिएका छन् । उभारको नेतृत्वमा कास्की र पर्वतको गाउँदेखि सहरसम्म अभियान चलिरहेको छ । […]

२०७५ भाद्र १६ गते, शनिबार

परिवर्तनकामी लेखक, साहित्यकार तथा कलाकर्मीहरूलाई आन्दोलित हुन आह्वान्

काठमाडौं , १५ भदौ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भारतीय मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर रावलगायतका बुद्धिजीवी, सामाजिक अभियानकर्मीहरूको गिरफ्तारी र अदालतको आदेशपश्चात् घरमै गरिएको नजरबन्दप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उसले परिवर्तनकामी सबै लेखक, साहित्यकार तथा कलाकर्मीहरूलाई सबैखाले सामाजिक फासिवाद तथा क्षेत्रीय फासिवादका विरुद्ध आन्दोलित हुन आह्वान् समेत गरेको छ । महासङ्घले आज […]

२०७५ भाद्र १५ गते, शुक्रबार