मुख्य समाचार

नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकता , जनयुद्ध दिवससँगै मनाउने

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीच कार्यगत एकता गर्दै जनयुद्ध दिवससँगै मनाउने सहमति भएको छ । दुई पार्टीका शीर्ष नेताहरुबीच आइतबार वार्ता सम्पन्न वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने सहमति भएको छ । छलफलमा क्रान्तिकारी माओवादीका तर्फबाट अध्यक्ष मोहन बैद्य र नेकपाका तर्फबाट प्रवक्ता प्रकाण्डसहितको टोली […]

२०७४ माघ २२ गते, सोमबार

‘वाम गठबन्धन नयाँ षड्यन्त्रको कडी’

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिलेको संसदीय चुनावी कार्यक्रम जनताको सत्ता र व्यवस्थालाई स्थापित गर्ने चुनाव नभएर नेपालमा सामन्तवाद र राजतन्त्रको अन्य भइसकेपछि साम्राज्यवादीहरुको मुख्य योजनामा रातारात नेपालमा उब्जाएको दलाल पुँजीपति वर्ग र त्यसको सत्ता र व्यवस्थालाई सुद्रिण गर्ने मूर्खतापूर्ण हर्कतका साथ अगाडि आएको बताएका छन् । प्रवक्ता प्रकाण्डले त्यसलाई रोक्नका […]

२०७४ माघ २१ गते, आईतवार

जिल्ला अस्पतालका प्रमुख माथी कालोमोसो !

काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टीका कायकर्ताले कालिकोट जिल्ला अस्पतालका प्रमुख डा. कौशल अलि माथी कालोमोसो दलेका छन । उनीहरुले नेकपा भ्रष्टाचार विरुद्धको आन्दोलनमा रहेको जनाउदै जिल्ला अस्पतालका प्रमुख डा. कौशल अलि माथी रास्कोट आरसिपि वजारमा कालोमोसो दलिएको बताएका छन । साथै उनीहरुले नेकपाको नेतृत्वमा अवको भ्रष्टाचार आन्दोलनमा सवै युवा,जनसमुदायको साथ रहने अपेक्षा गर्दै […]

२०७४ माघ २० गते, शनिबार

जनस्वयंसेबकको तेस्रो राष्ट्रिय सम्मेलन हुदै

काठमाडौं, १९ माघ । राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन ६ र ७ गते विराटनगरमा हुने बताइएको छ । एकीकृत जनक्रान्तिको वैचारिक आलोकमा क्रान्तिकारी युवाहरूको यही लक्ष्यलाई पूरा गर्न राष्ट्रिय सम्मेलन गर्न लगिएको उसले बताएको छ । तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह २०७४ फागुन ६ गते आइतबार दिउसो १०:०० बजे विराटनगरमा हुने राष्ट्रिय […]

२०७४ माघ १९ गते, शुक्रबार

‘स्वराजको नेपाल भ्रमण कुटनीतिक र राजनीतिक अभ्यास बिपरित ‘

काठमाडौं, १९ माघ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आज विहान सामाजिक संजालमा ट्वीट गदैृ भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण समान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको बताएका छन् । ‘सुष्मा स्वराजको नेपाल भ्रमण समान्य कुटनीतिक र राजनीतिक अभ्यास अुनकुल छैन्,’ नेता श्रेष्ठले भनेका छन्, ‘यद्यपि उहाँलाई हामीले स्वागत […]

२०७४ माघ १९ गते, शुक्रबार

नेकपा कालिकोटद्वारा निर्णायक संघर्ष गर्ने उदघोष

काठमाडौं, १९ माघ । । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले रास्ट्रघात , जनघात , सामाजिक बिकृति , विसंगति र भ्रस्टाचारबिरुद्ध निर्णायक संघर्ष अनिबार्य भएको भन्दै निर्णायक कार्यक्रमहरु सुरु गर्न लागेको बताएको छ । नेकपा कालिकोटका सेक्रेटरी रणदिपले एक प्रेस बिज्ञाप्ती जारी गर्दै तीन महिने जनजागरण तथा भण्डाफोर अभियानलगायत बिभिन्न कार्यक्रमहरु सार्बजनिक गरेका छन् । यस बिषयमा […]

२०७४ माघ १९ गते, शुक्रबार

माओवादी केन्द्रका नेताबिरुद्ध जनअदालतमा मुद्दा

काठमाडौँ, १८ माघ । नेकपा माओवादी केन्द्रका नेताबिरुद्ध जनअदालतमा मुद्दा परेको छ । सहिद र वेपत्ता परिवारको नाममा राज्यबाट आएको रकम हिनानिा गरेपछि उनीहरु बिरुद्ध जनअदालतमा मुद्दा परेको हो । पोखरास्थित नयाँ बजारमा रहेको गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्था लिमिटेडमा शहिद बेपत्ता अक्षयकोषको सवा करोड रकम हिनामिना गरेका हुन् । शहिद बेपत्ता अक्षयकोषबाट पोखरामा शहिद […]

२०७४ माघ १८ गते, बिहीबार

नेकपा कास्कीका कार्यकर्ता पक्राउ

काठमाडौं, १७ माघ । पोखरास्थित वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल कम्युनिष्ट पार्टी कास्कीका तीन जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई सभागृहचोकमा भित्तेलेखन गरिरहेका समयमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कार्यकर्ताहरुमा रमेशकुमार श्रेष्ठ, रविन्द्र राई र अग्नि पाण्डे रहेका छन् । उनीहरुले “पोखरा सभागृहको नीजिकरणको विरुद्ध संघर्ष गरा,ै. सभागृह बचाउ अभियानमा […]

२०७४ माघ १७ गते, बुधबार

‘प्रधानन्यायाधीशले मार्ने धम्की दिए ‘

काठमाडौँ , १७ माघ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन् । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछी अदालतले लगाएको अवहेलना मुद्दामा वहस पैरवी गरेकोमा प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्। आज […]

२०७४ माघ १७ गते, बुधबार

‘माओवादी केन्द्र विलय हुन तयार भएमात्रै एकता’

काठमाडौँ , १७ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्र विलय हुन तयार भएमात्रै पार्टी एकता सम्भव हुने बताएका छन् । प्रेस चौतारी सुनसरीले मंगलबार धरानमा गरेको पत्रकार भेटघाटमा सचिव भट्टराईले सो कुरा बताएका हुन् । पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले त्यसैगरी एमालेमा विलय हुन तयार हुनुपर्ने बताउँदै एकले अर्काको अस्तित्व […]

२०७४ माघ १७ गते, बुधबार